खेतीयोग्य जमिनमा पोटास र फोस्फोरसको कमी


प्रकाशित मिति : जेष्ठ १७, २०७५ बिहीबार

दाङ जिल्लाका किसानको खेतीयोग्य जमिनमा पोटास र फोस्फोरसको कमी भएको पाइएको छ ।

बुधबार भएको उपमहानगरस्तरीय निःशुल्क माटो परीक्षण शिविरमा किसानले ल्याएको खेतीयोग्य जमिनको माटो चेकजाँच गर्दा सो कमी पाइएको जिल्ला कृषि विकास कार्यालयका माटोविज्ञ दिगम्वर यादवले बताउनुभयो ।

“अधिकांश जमिनमा पोटासको मात्रा न्यून र फोस्फोरसको मात्रा ७५ प्रतिशत देखिएको छ, खेतीयोग्य जमिनमा पोटास र फोस्फोरस हाल्नुपर्ने देखिएकोछ” उहाँले भन्नुभयो ।

एकीकृत मलखाद व्यवस्थापन र अम्लीयपनाको सुधार स्वस्थ बाली उत्पादन र कृषि व्यवसायीकरणको आधार भन्ने मूल नाराका साथ दुई दिनसम्म शिविर आयोजना गरिएको थियो । तुलसीपुर उपमहानगर कृषि विकास शाखाले तुलसीपुरमा आयोजना गरेको शिविरमा ११४ जना किसानले माटो चेकजाँच गराएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

माटो विज्ञ दिगम्वर यादवले माटोमा पोटास र फोस्फोरसको कमीका कारण बालीमा रोग लाग्ने, ढल्ने र उत्पादनमा कमी आउने बताउनुभयो । उहाँले किसानले खेती गर्दा आवश्यक मात्रामा पोटास र फोस्फोरसको प्रयोग गर्न सुझाव दिनुभयो । रासस

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com