त्रीचन्द्रमा नेविसंघका दुईपक्षबीच ग्याङ फाइट, एक विद्यार्थी घाइते


प्रकाशित मिति : जेष्ठ १६, २०७५ बुधबार

त्रीचन्द्र कलेजमा नेपाल विद्यार्थी संघका दुई पक्षबीच ग्याङ फाइट हुँदा एक विद्यार्थी गम्भिर घाइते भएका छन्।

विद्यार्थीहरुबीच भएको खुकुरी हानाहानमा परी म्यागी गुरुङ गम्भिर घाइते भएका हुन्। उनलाई उपचारका लागि ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेका छ। पक्राउ पर्नेहरुमा अनिल तामाङ, सौरभ श्रेष्ठ र सहदेव नेपाल रहेका दरबारमार्ग प्रहरी वृतका डीएसपी दानबहादुर मल्लले जानकारी दिए।

विद्यार्थीहरुको समुहले घाइते गुरुङलाई लखेट्दै कमलादी क्षेत्र पुर्याएको थियो। उनलाई पुनः खुकुरी प्रहार गर्न लखेट्दै गरेको अवस्थामा सादा पोसाकमा रहेका प्रहरीले अभियुक्तहरुलाई नियन्त्रण लिएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दुई पक्षीय झडप भएकोले घटनामा अन्य धेरै विद्यार्थीहरुसमेत सहभागी रहेको डीएसपी मल्लले बताए। घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com