क्षेत्रीय विमानस्थलबाट समेत छिमेकी देशमा उडान सुरु गरिने


प्रकाशित मिति : जेष्ठ १५, २०७५ मंगलबार

आर्थिक वर्ष २०७५/०७६ मा हवाई सेवाका लागि १९ अर्व३५ करोड रकम विनियोजन गरिएको छ।

हवाई क्षेत्रलाई गुणस्तरीय र विश्वसनीय बनाउनका लागि उच्चचतम प्रविधिको विकास गरिने अर्थमन्त्री युवराज खतिवडाले बजेट बक्तब्यमा उल्लेख गरेका छन्।
निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु गर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलको स्तर उन्नती गर्ने, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्तर उन्नती गर्ने गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमास्थल सम्पन्न गरी सञ्चालन यहि वर्ष गरिने उल्लेख छ।

विमान सेवाबारे वक्तव्यमा भनिएको छ– विराटनगर, जनकपुर नेपालगन्ज र धनगढी विमानस्थलाई क्षत्रीय विमानस्थलको रुपमा स्तरोन्नती गरी छिमेकी मुलुकसम्म उडान सुरु गरिने छ। आन्तरिक विमानस्थल निर्माणमा तिब्रता दिइने छ। दाङमा बैकल्पिक विमानस्थल निर्माण कार्य अगाडि बढाइने छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थको हवाई चापलाई कम गर्नका लगि काभ्रेको नागिडाँडामा अध्ययन गरेको बैकल्पिक विमास्थलको सम्भाव्यता अध्ययन रिपोर्ट तयार गरी निर्माण कार्य अगाडि बढाइने छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

साथै आन्तरिक विमास्थल विस्तारमा गुरुयोजना तयार गरिने छ। आपत्कालिन सेवाका लागि भने हेलिप्याड नभएका स्थानहरुमा हेलिप्याड निमार्ण गर्ने उल्लेख छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com