मन्त्रिपरिषद्द्वारा बजेट पारित


प्रकाशित मिति : जेष्ठ १५, २०७५ मंगलबार

cy{dGqL 8f vltj8f ah]6 k|:t’t ug{ ;+;bdf cy{dGqL 8f o’j/fh vltj8f ;+3Lo ;+;bdf d+unaf/ k|:t’t ul/g] cfly{s jif{ @)&%÷)&^ sf] jflif{s ah]6 tyf sfo{qmd /flvPsf] Jofu b]vfpg’x’Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

मन्त्रिपरिषद्ले आज सङ्घीय संसद्मा पेश गरिने आगामी आर्थिक वर्ष २०७५/७६ का लागि तयार गरिएको आयव्ययको अनुमान पारित गरेको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आज साँझ वार्षिक आय–व्यय अनुमान(बजेट) संसद्को दुवै सदनमा प्रस्तुत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।

संघीयता कार्यान्वयनपछि सरकारले पहिलो पटक संघीय संसद्मा आगामी आवको वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्दैछ । संघीय संसद् सचिवालयले तय गरेको कार्यसूचीअनुसार अर्थमन्त्री डा युवराज खतिवडाले आव २०७५÷७६ को राजश्व र व्ययको वार्षिक अनुमानको प्रति संसद्को दोस्रो बैठकमा टेबुल गर्नुहुनेछ ।

बैठकमा डा खतिवडाले विनियोजन विधेयक–२०७५, आर्थिक कार्यविधिसम्बन्धी विधेयक–२०७५ र राष्ट्र ऋण उठाउने विधेयक–२०७५ पनि पेश गर्दै हुनुहुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com