११ औँ बर्षमा गणतन्त्र : पात्र फेरिए, प्रवृत्ति उही


प्रकाशित मिति : जेष्ठ १५, २०७५ मंगलबार

जनताको प्रतिनिधिमुलक संस्था संविधानसभाले २०६५ जेठ १५ गते दुई सय ४० बर्ष लामो राजतन्त्र सधैँका लागि विदा गर्यो । देशमा गणतन्त्र आयो । बंशजका आधारमा मुलुकमा शासन गर्ने परम्पराकाे अन्त्य भयो ।

शासन मात्र होइन, शासक पनि फेरिए । मुलुकको शासन व्यवस्थाको सर्वोच्च पदमा जनताका छोराछोरी पुगे ।

परम्परागत शक्ति सधैँका लागि विदा भएसँगै आमनागरिकको अपेक्षा थियो अव शासक र जनताबीचको दुरी अन्त्य हुनेछ । दलहरुको कार्यशैली फेरिनेछ ।उनीहरु जनमुखी काममा लाग्नेछन् । अनि मुलुक आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढ्नेछ ।

तर मुलुक गणतन्त्र स्थापनाको ११ बर्षमा प्रवेश गरिरहँदा आमनागरिकका आशा र अपेक्षा निराशामा परिणत हुन थालेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com