झुण्डिरहेका बालकलाई उद्दार गरेको भिडियो भाइरल


प्रकाशित मिति : जेष्ठ १४, २०७५ सोमबार

एक मिडियो रिपोर्ट अनुसार फ्रान्समा बस्ने मालिका एक आप्रबासीले चौथो तल्लाको बाल्कोनीबाट झुण्डिरहेको एक बालकलाई बचाए छन् । यो कार्यको लागि हाल उनको  ‘नायक’ भनेर प्रशंसा भइरहेको छ ।

२२ वर्षे मामुदु गस्समाको अद्भुत बचाउ कार्यको भिडियो आइतबार सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
भिडियोमा एक मिनेटभन्दा कम समयमा गस्समा घरको बाहिरबाटै एक बाल्कोनीबाट अर्को बाल्कोनीमा चढेको देखिन्छन् । उनी चौथो तल्लामा पुगेर झुण्डिरहेको बालकको उद्दार गर्न सफल हुन्छन् । उनी त्यहाँ नपुगुन्जेल एक छिमेकी छेउको फ्लाटबाट ती चार बर्षे बालकलाई समाउने प्रयास गरिरहेको देखिन्छन् ।
यो घटना शनिबार बेलुकी पख पेरिसको उत्तरी भागमा घटेको थियो ।

भिडियोको लागि यहाँ क्लिक गर्नुहोस्  ( भिडियो भाइरल ) 

फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोले गस्समालाई व्यक्तिगत रुपमा धन्यवाद दिनको लागि फ्रान्सेली राष्ट्रपति भवन ऐलिसी दरबारमा आमन्त्रण गरेका छन् ।
पेरिसकी मेयर एने हिडाल्गोले पनि गस्समाको साहसी कार्यको प्रशंसा गरिन् र उनलाई धन्यवाद दिनको लागि निमन्त्रणा दिएको बताइन् ।
एनेले गस्सामालाई ‘स्पाइडरम्यान अफ द एटिन्थस्’ भनेर सम्बोधन गरिन् । उनले एटिन्थस् भनेर उद्दार कार्य भएको स्थानलाई संकेत गरेकी थिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com