६ वर्षे बालकले मोःमो मागे, बुवाले नहरमा फ्याँकिदिए


प्रकाशित मिति : जेष्ठ १४, २०७५ सोमबार

६ वर्षे बालक अयानलाई  मोःमो खान मन लागिरहेको थियो त्यसैले बुवासँग यसका लागि जिद्दी गरिरहेका थिए तर मोःमोको भोकले उनको ज्यान नै लिएको छ ।

अयानका बुवा संजयले रक्सीको मातमा छोरालाई नहरमा फ्याँकेको बताइन्छ । स्थानीयले बच्चालाई आगराको नहरमा फ्याँकेको देखेपछि उनलाई पुलिसको जिम्मा लगाएको बताइएको छ ।

घटना शनिबार राती नयाँ दिल्लीमा भएको हो । गोताखोर र दमककर्मीले शनिबार अबेर रातीसम्म बच्चालाई खोज्ने अभियान चलाए तर उनीबारे पत्ता लाग्न सकेन । आइबारमात्र बालकको शव भेटियो । पुलिसका अनुसार संजयविरुद्ध हत्याको मुद्दा चलाइएको छ ।

इ–रिक्सा चलाउने संजयले पुलिसका अनुसार उनका तीन सन्तान छ । कान्छा छोरा अयान बारम्बार मोमो मागिरहेका थिए । उनलाई रिस उठ्यो र बच्चालाई नहरमा फ्याँकिदिए । पुलिसका अनुसार संजयको विवाह सन् २००४ मा भएको थियो तर उनका खराब बानीका कारण उनलाई श्रीमतीले सन् २०१३–१३ मा छोडिन् । उनका तीन सन्तान हजुरआमा र बुवासँगै बसिरहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com