सरकारका सय दिने उपलब्धि : मन्त्रालय घटाउनेदेखि ढोर पाटनको निरीक्षणसम्म !


प्रकाशित मिति : जेष्ठ १४, २०७५ सोमबार

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले सय दिने कार्यकाल पूरा गरेको अवसरमा आफ्ना सय दिनका उपलब्धि सार्वजनिक गरेको छ । जसमा संघीयता कार्यान्वनदेखि कानुन निर्माण अर्थतन्त्रमा सुधार, कृषि र सिंचाईको ऐन निर्माणका लागि मस्यौदा निर्माण प्रकृया, उर्जा बृद्धि, उद्योग श्रम तथा रोजगारमा लगानीको प्रतिवद्धता, पर्यटन विकास,पुर्वाधार विकास, पुननिर्माण यातायातलगायतलाई समेटिएको छ ।

तर, सरकारले आफ्ना उपलव्धिलाई एक शिर्षकमा गरेको काम अर्को शिर्षकमा लगेर राखेको पाइएको छ । जसमा मन्त्रालय घटाउनेदेखि रारा र ढोरपाटनको भ्रमणलाई समेत सरकारले उपलव्धि भनेको छ  ।

१५ शीर्षक र ८८ बुँदामा सरकारले आफ्ना कामलाई समेटेर सार्वजनिक गरेको  उपलव्धीमा संघीयता कार्यन्वयनलाई प्रमुख उपलव्धि ठानेको छ । जुन सरकारले गर्ने दैनिक प्रशासनिक काम भन्दा कुनै फरक र नयाँ छैैनन ।
संघीयता कार्यन्वयन
ओली नेतृत्वको सरकारले संघीयता कार्यन्वयन अन्र्तगत नेपाल सरकार कार्यविभाजन नियामावली संशोधन गर्दै ३१ वटा मन्त्रालय घटाएर २१ वटा कायम गरेको आफ्नो उपलव्धीमा राखेको छ । त्यस्तै कर्मचारी समायोजन नियामावली २०७४ स्वीकृत गरेको, प्रदेश सरकारका लागि १५ वटा नमुना कानुन तयार गरेको विषयलाई उपलव्धीका रुपमा सार्वजनिक गरेको छ । त्यस्तै प्रदेश सरकार सञ्चालन गर्न एकहजार ६ सय कर्मचारी खटाएको, प्रदेश सरकारका विभिन्न निकायका लागि ३ हजार २ सय २७ दरवन्दीसहितको संगठन संरचना स्वीकृतलाई आफ्नो उपलव्धिका रुपमा देखाएको छ ।

कानुन निर्माणको प्रगति
सरकारले सय दिनको अवधिमा राष्ट्रिय शिक्षा चिकित्सा अध्यादेश २०७५ लगायत चारवटा अध्यादेश स्वीकृत गरेको छ । जसमा सार्वजनिक सुरक्षा ऐन २०४६ संशोधन गर्न बनेको विधेयक संसदमा पेश,भुक्तानी तथा फछ्र्योट विधेयक २०७४, कारागार सम्बन्धी प्रचलित कानुन संशोधनलगायत छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

५.९ आर्थिक बृद्धिको लक्ष्य, १५ अर्ब बचत 
सरकारले अर्थतन्त्रलाई सहि मार्गमा डोर्याउन सुधारका कार्यक्रम अघि सारेको छ । जसमा श्वेत पत्र जारीदेखि आर्थिक बृद्धिदर ५.९ प्रतिशत पुर्याउने लक्ष्य लिएको प्रक्षेपण गरेको छ । जसमा सार्वजनिक क्षेत्रमा अनुत्पादक खर्च कम गरी उत्पादन मुलक क्षेत्रमा खर्च गर्न मितव्ययिता र प्रभावकारिता कायम गर्न नीतिगत मार्गनिर्देशन जारी गरेको जनाएको छ । जसबाट १५ अर्व बचत हुने अनुमान सरकारले गरेको छ । त्यस्तै सरकारले कुल लक्ष्यको ९८ प्रतिशत राजश्व संकलन गरेको जनाएको छ । सरकारले सय दिनमा राष्ट्रिय गौरवका योजनामा श्रोत कमी हुन नदिन १५ अर्ब २४ करोड रुपैयाँ निकासा गरेको जनाएको छ । चिनी उद्योगलाई प्रोत्साहन गर्न चिनी  आयातमा लाग्ने भन्सार महशुलमा सतप्रतिशत बृद्धि, विशाल बजार कम्पनीको नेपाल सरकारका नाममा रहेको ३ अर्व ९६ करोडको शेयर उद्योग बाणिज्य तथा आपुर्ति मनत्रालय, अर्थ मन्त्रलाय र महालेखा नियन्त्रक कार्यालयको नाममा कायम गरेको पनि सरकारले  आफ्नो उपलव्धी ठानेको छ ।

कृषि वन र सिंचाईतर्फ 
अन्यको तुलनामा कृषि, बन र सिचाइतर्फ यो सरकारले अलि बढि काम गरेको देखाएको छ । जसमा कृषि क्षेत्रको विकासका लागि ५८ बुँदे कार्ययोजना सार्वजनिक गर्दै भु–उपयोग ऐन,जग्गा नाँपजाँच ऐन, मालपोत ऐन संशोधनका लागि मस्यौदा तयार गरेको जनाएको छ  । त्यस्तै ३९३४२ मेट्रिक टन अनुदानको मल विक्रि गरेको, होटल तथा रेष्टुरेण्ट अनुगमन गरेको, लोगो वितरण गरेको लगायतका विषयलाई पनि सकारले आफ्नो उपलव्धीका रुपमा जनाएको छ ।

लोडसेडिङको अन्त्य
सरकारले उर्जा क्षेत्रमा नीजि क्षेत्रमा उतपादित साना आयोजनाका २८ मेगावाट साना उत्पादन राष्ट्रिय प्रसारण ग्रिडमा जोडेको २१२ मेगावाट क्षमताका ११ वटा आयोजनालाई विद्युत उत्पादन अनुमतिपत्र जारी गरेको, आगामी एक वर्षमा २५ मेगावाट सौर्य उर्जा उत्पादन गर्ने लक्ष्य लिएको सरकारले आफ्नो उपलव्धिमा राखेको छ ।

उद्योग श्रम तथा रोजगार
सय दिनमा सरकारले ९१ वटा ठुला उद्योग दर्ता गरेर ४६ अर्व बैदेशिक लगानीसहित ९८ अर्वबराबरको लगानी प्रतिवद्धता आएको जनाएको छ ।

बरामा गार्मेन्ट प्रशोधन केन्द्रको शिल्यान्यास,बाँके मकवानपुर लगायतका जिल्लामा औधोगिक क्षेत्र व्यवसथापनका लागि विस्तृत अध्ययन प्रतिवेदनका लागि सुचना प्रकासन, आँखाको लेन्स उत्पादन क्षमता अभिबृद्धिका लागि तिलगंगा अस्पताललाई १० करोड अनुदान, बैदेशिक क्षेत्रमा अनाबाश्यक शुल्क उठाउने संस्थालाई कारवाहीको दायरामा ल्याएको तथा विदेशमा मृत्युु भएका नेपालीको शव बुझ्न त्रिविमा छुट्टै कक्ष सथापना लगायतका काम गरेको सरकारले जनाएको छ ।

त्यस्तै, पुर्वाधारतर्फ सरकारले सय दिनमा एकसय ७६ किलोमिटर सडक कालोपत्रे, २९६ सडक ग्राभेल, २७८ किलोमिटर ट्रयाक खोलेको, काठमाडौ–बीरगञ्ज रेलमार्गका लागि भारतसँग सम्झौता गरेको लगायतलाई सरकारले सय दिनमा गरेको उपलव्धीमा राखेको छ । त्यस्तै सरकारले नयाँ बर्षका अवसरमा प्रधानमनत्रीले गरेको रारादेखि लुम्बिनी, वारा लगायतका जिल्लाको भ्रमणलाई समेत सरकारले आफ्नो उपलव्धी भनेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com