सन्दिपले पुरस्कारमा पाएको गाडीको कर तिर्नु नपर्ने


प्रकाशित मिति : जेष्ठ १२, २०७५ शनिबार

गत बुधवार टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले क्रिकेटर सन्दिप लामिछानेलाई टाटाको टिगोर दियो।

यो बापत लामिछानेले सिप्रदीको उत्पादन प्रवद्र्धन गर्न सहयोग गर्ने छन्। सन्दिपसँगको टाटाको यो सहकार्य आगामी ३ वर्षसम्म रहनेगरी सम्झौता भएको हो।

नेपाल सरकारको नियम अनुसार लामिछानेले २४ लाख ९५ हजार पर्ने उक्त गाडी लिनको लागि सरकारलाई २५ प्रतिशत अर्थात ६ लाख २३ हजार ७ सय ५० रुपैया कर तिर्नुपर्ने हुन्छ।

कर बापतको रकम सिप्रदीले नै तिर्ने सम्झौता भएको सिप्रदी ट्रेडिङ प्रालीको सेल्स र मार्केटिङका असिस्टेन्ट जनरल म्यानेजर अर्जुन कार्कीले जानकारी दिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘विभिन्न समयमा उपहार पाउनेले कर तिर्न नसक्ने कुरा पनि बाहिर आइरहेको छ, तर हामीले सम्झौता मै सिप्रदीले ट्याक्स तिरिदिने उल्लेख गरेका छौ,’ कार्कीले सेतोपाटीसँग भने।

कर सिप्रदीले तिरेपनि लामिछानेलाई आर्थिक भार भने थपिएको छ। गाडीको चावी हस्तानान्तरण गर्ने क्रममा सन्दीपलाई सोधिएको ‘ तपाईको लाइसेन्स बनाउने उमेर पुगेको छैन। के गर्नुहुन्छ भन्ने सेतोपाटीको प्रश्नमा उनले ड्राइभर राख्ने बताएका थिए।

कारको चालक अनुमति पत्र लिन १८ वर्ष उमेर पुग्नुपर्छ तर सन्दीपको उमेर अहिले १७ वर्ष साढे ९ महिना मात्र भयो। चालक राख्दा उनलाई कम्तीमा दुई महिना आर्थिक भार भने थपिने भएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com