पाँच वर्ष भित्रमा कांग्रेसलाई पूरानै अवस्थामा फर्काइनेछः देउवा
प्रकाशित मिति : जेष्ठ ११, २०७५ शुक्रबार
k|d b]pjf–;Daf]wg k|wfgdGqL z]/axfb’/ b]pjf laxLaf/ g]kfnL sfFu|]; s]Gb|Lo ;ldltn] hgsk’/df cfof]hgf u/]sf] k|b]z g+=@ sf] a[xt k|fb]lzs sfo{stf{ e]nfnfO{ ;Daf]wg ub}{ . tl:a/M /f]zg ;fksf]6f, /f;;
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टीहरुबीचको एकीकरणलाई अवसरको रुपमा लिनुपर्ने बताएका छन् । शुक्रबार नेपाल सांस्कृतिक संघले पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले पाँच वर्षभित्र पार्टीलाई विजयमा परिणत गर्नेगरी एकताबद्ध भएर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत समेत गराए । कम्युनिष्ट पार्टीबीचको एकीकरणले काँग्रेस मात्रै लोकतान्त्रिक पार्टी भएको सिद्ध हुने र आगामी निर्वाचनमा विजयी हुन अनुकूल वातावरण बन्ने दावी समेत गरे ।
सभापति देउवाले निर्वाचनमा भएको हारबाट नआत्तिन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । उनले दुई ठूला कम्युनिष्ट पार्टी मिलेका कारण निर्वाचनमा पार्टीले हार व्यहोर्नु परेको तर्क दोहोर्याउँदै पाँच वर्षभित्र पार्टीलाई पूरानै अवस्थामा पुर्याउने योजना पनि अघि सारे ।
सभापति देउवाले अन्तरघातले पनि पार्टीलाई कमजोर बनाएको दाबी गर्दै त्यस्ता नेता, कार्यकर्तालाई कार्बाही गर्ने चेतावनी समेत दिए । कार्यक्रममा बोल्दै काँगे्रस बरिष्ठ नेता रामचन्द्र पौडेलले संगठन कमजोर भएकै कारण पार्टीले निर्वाचनमा हार व्यहोरेको स्वीकार गरेर अघि बढन सभापति देउवाको गम्भीर ध्यानाकर्षण गराएका थिए ।
उनले देउवाप्रति लक्षित गर्दै दुई कम्युनिष्ट मिलेका कारण पार्टीले निर्वाचनमा हारेको भनेर भन्न नहुने तर्क समेत गरे । बरिष्ठ नेता पौडेलले नेपालमा काँग्रेस र कम्युनिष्ट बीचको लडाईमा काँग्रेसले जित्नुपर्ने दावी समेत गरे ।






