पाकिस्तानले सलमानलाई दियो ठुलो झट्का


प्रकाशित मिति : जेष्ठ ११, २०७५ शुक्रबार

बलिउडको बहुप्रतिक्षित चलचित्र ‘रेस ३’ आउँदो ईदको अवसरमा रिलिज हुँदैछ ।

यसैबीच पाकिस्तान सरकारले ईदको मौकामा घरेलु चलचित्रको प्रवद्र्धन गर्न बाहिरी चलचित्रलाई रोक लगाउने भएको छ । पाकिस्तानको सूचना तथा सञ्चार मन्त्रालय तथा सेन्ट्रल बोर्ड अफ् फिल्म सेन्सर्सले ईदको अवसरमा कुनै पनि हिन्दी फिल्म रिलिज नर्गन आदेश दिएको छ ।

पाकिस्तानी सरकारको तर्फबाट आएको आदेशमा लेखिएको छ, ‘स्थानीय चलचित्र उद्योगलाई प्रवद्र्धन तथा पुनरुत्थान गर्न संघीय सरकारले ईद–उल–फितर तथा ईद–उल–अजहा’ को मौकामा भारतीय चलचित्र रिलिज गरिने छैन । यो प्रतिबन्ध ईदभन्दा दुई दिन अगाडिदेखि ईदको दुई हप्तापछि सम्म लागू हुनेछ ।’ पाकिस्तानी सरकारको यो फैसलाले सलमान खानको फिल्ममा पनि असर पर्नेछ ।

यो फैसलाले बलिउड उद्योग खासगरी सलमान खानलाई झट्का लाग्नेछ । पाकिस्तान बलिउड बजारको ठूलो हिस्सा हो । सलमान खान अभिनित चलचित्र ‘रेस ३’ ईदको अवसरमा रिलिज हुने भएकाले यसले पाकिस्तानबाट केही आम्दानी नगर्ने सम्भावना रहेको छ । ‘रेस ३’ पाकिस्तानमा पनि रिलिज हुने तयारीमा थियो । सलमानको ‘बजरंगी भाइजान’ ले पाकिस्तानमा पनि राम्रो व्यापार गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सलमान खानका अधिकांश फिल्म ईदको मौकामा रिलिज हुने गर्दछ । पाकिस्तानमा सलमानका धेरै फ्यान भएकाले पनि पाकिस्तानी सेन्सर बोर्डको फैसलाले उनलाई झट्का लागेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com