मेदिनी अधिकारीलाइ प्रतिष्ठित टेलि अवार्ड


प्रकाशित मिति : जेष्ठ ९, २०७५ बुधबार

बरिष्ठ सामाजिक अभियन्ता तथा सुचना प्रविधी विज्ञ, प्राध्यापक मेदिनी अधिकारी अमेरिकाको प्रतिष्ठित टेलि अवार्डबाट पुरस्कृत भएका छन् । समाज परिवर्तनमा फरक र विशिष्ठ भूमिका निर्वाह गरेका व्यक्तिहरुलाइ सन् १९७९ देखि प्रदान गरिदै आएको सो अन्तराष्ट्रिय पुरस्कार सामाजिक क्षेत्रको अत्यन्त प्रतिष्ठित पुरस्कार हो ।
अधिकारिले कुल १२ हजार प्रतिश्पर्धीलाइ पाखा लगाउदै यो अवार्ड जितेका हुन् । निर्णायकको मूल्यांकन र पब्लिक भोटिगं समेतको आधारमा विजयी घोषण गरिने टेलि अवार्डका लागी उनले हलिउड स्टारहरु, विश्वविख्यात लेखक, कलाकार र समाजिक अभियन्ताहरुलाइ उछिनेका थिए । उनको विज्ञता र योगदानको बारेमा इन्ग्रिड वल्र्ड टेलिभिजनले २०१६ मा लिएको अन्तवार्तालाइ निर्णायकहरुले छनोटको मुख्य आधार मानेका थिए । निर्णायकहरुमा विख्यात मिडियाविज्ञ क्यारोलिनी स्मिथ, ज्याक शेली र लाउरेन लुमस्डेन थिए ।
इक्विालिटि फाउन्डेसनका संस्थापक तथा सिइयो अधिकारीले सो फाउन्डेसन मार्फत नेपालको दुर्गम गाँउहरुमा सुचना प्रविधिको पहुँच विस्तार गरि शिक्षा, स्वास्थ्य र आर्थिकबृदिमा दिएको योगदानका लागी पुरस्कार प्रदान गरिएको अवार्डको वेभसाइटमा उल्लेख छ । अधिकारीले अन्तिम प्रतिष्पर्धामा हलिउड स्टार म्याथ्यू म्याक्ग्रेने तथा सिएनएन एंकर ओ ब्रियनलाइ उछिनेका थिए ।
को हुन् अधिकारी :

झापा स्थाइ घर भएका अधिकारी उच्चशिक्षा अध्यायनको लागी सन् १९९६ मा अमेरिका आएका थिए । १० बर्षदेखि अमेरिकन मिलिटरि विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक उनी अमेरिकामा रहेका नेपालीहरुको सबैभन्दा पुरानो संस्था एएनएका अध्यक्ष र माइक्रो लजिस्टिक इंकका संस्थापक तथा प्रमुख कार्यकारि अधिकृत समेत छन् । माइक्रो लजिस्टिकले सुचना प्रविधिको क्षेत्रमा विशेषज्ञको सेवा प्रदान गर्ने गर्दछ । सन् २०१५ मा स्थापना भएको इक्विालिटि फाउन्डेसनमा भर्जीनियाका प्रभावशाली कांग्रेशम्यान डन बायर मुख्य संरक्षक छन् । यो फाउन्डेसनले ग्रामीण स्कुलमा कम्प्युटर र इन्टरनेट सुविधा प्रदान गर्दै आएको छ । अधिकारी महाविर पुनको राष्ट्रिय अविश्कार केन्द्रका सल्लाहकार छन् । “मैले सधै समाजलाइ कसरि धेरै दिन सकिन्छ भनेर मात्र सोचेँ, यो पुरस्कारले हामी गर्न सक्छौँ भन्ने प्रमाणित गरेको छ, मलाइ सहयोग गर्नुहुने समस्त नेपालीलाइ नमन गर्न चाहन्छु,” अधिकारिले भने । अधिकारीको अन्तर्वाता हेर्न यहाँ क्लिक गर्नुहोसः

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com