सुन तस्करी प्रकरण: पूर्व डिआइजीसहित २८ जनालाई जेल चलानको आदेश


प्रकाशित मिति : जेष्ठ ८, २०७५ मंगलबार

जिल्ला अदालत मोरङले साढे ३३ किलो सुन तस्करीको अभियोगमा पक्राउ परेका २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । अदालतले थुनछेक आदेश गर्दै पक्राउ परेका २ बाहेक अरुलाई जेल चलानको आदेश गरेको हो। जिल्ला अदालतका न्यायायाधीश नारायणप्रसाद शर्माको इजलासले यस्तो आदेश दिएको हो।

बहसपछि प्रक्राउ परेकामध्ये अमरबहादुर थापालाई साधारण र विष्णबहादुर खड्कालाई १५ हजार धरौटीमा छाडेको छ । अरु सबैलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

को को भए जेल चलान ?

जेल चलान हुनेमा पूर्व डिआइजी गोविन्द निरौलासहित ६ प्रहरी अधिकारी रहेका छन्। एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी सञ्जय राउत र प्रजित केसी तथा सई बालकृष्ण सञ्जेललाई जेल चलानको आदेश भएको हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै, तस्करीमा संलग्नहरु टेकराज मल्ल ठकुरी, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की, माधव भनिने मदनप्रसाद घिमिरे, लाक्पा शेर्पा, चाचाजी उपनामका महावीरप्रसाद गोल्यान, राजन थापा, हेमन्त गौतम, समीरप्रसाद तोलाङ्गे, कपिलराज पुरी, बालकृष्ण श्रेष्ठ, राजेन्द्रकुमार शाक्य, दोराम खत्री, एलबी भनिने लालबहादुर मगर, तक्ले भनिने पुण्यप्रसाद लामा तामाङ, चन्दन भनिने वीरेन्द्रमान श्रेष्ठ, राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, गोपालकुमार श्रेष्ठ, राजु महर्जन, अमरमान डंगोल, तुलाराम थारु, राजन कुमार पनि जेल चलान भएका छन्।

हुन्डी कारोबार गर्ने मोतीराम श्रेष्ठ र विनोद अधिकारीलाई पनि जेल चलान गर्ने आदेश भएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com