गण्डक नहर मर्मतमा अनियमितता


प्रकाशित मिति : जेष्ठ ८, २०७५ मंगलबार

पश्चिम नवलपरासीस्थित गण्डक मुख्य पश्चिमी नहर मर्मतमा भइरहेको अनियमितता नरोकिँदा सरोकारवालाहरू चिन्तित भएका छन् ।

उक्त नहर मर्मतमा भारतीय प्राविधिक र ठेकेदारहरुबाट गुणस्तर कार्य नभएको नेपाली पक्षको दाबी छ ।

गण्डक ब्यारेज पुलदेखि सुस्ता गाउँपालिकाको हर्कपुरासम्म नहर अधिकांश भागमा भत्किएको अवस्थामा भारत विहार सिँचाइ विभागले चैत महिनादेखि आंशिक रुपमा मर्मत गराउँदै आएको बताइएको छ ।

मर्मत कार्यमा नेपाली पक्षको तर्फबाट सम्पर्क अधिकृत र नेपाल गण्डक पश्चिमी नहरका उच्च प्राविधिकसहितका सरोकारवाला निकाय रहे पनि ती निकायले नहर मर्मतमा भएको अनियमितताबारे कुनै चासो नदेखाएको गुनासो नेपाली पक्षको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अनियमितताबारे बर्दघाट सुस्ता पुूर्व र पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराइएको पनि गण्डक नदी नियन्त्रण संघर्ष समिमितिका पूर्व सविच प्रेमचन्द्र गुप्ताले बताउनुभयो । रासस

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com