नेपाली पुस्तकमा अझै राखिएनन् शुद्ध शब्द


प्रकाशित मिति : जेष्ठ ८, २०७५ मंगलबार

नेपाल पज्ञा–प्रतिष्ठानले २०७३ चैतमै शुद्धीकरण गरेको नेपाली शब्द विद्यालयमा पढाइ हुने नेपाली विषयको पुस्तकमा सुधार भएको छैन ।

साना कक्षाका पुस्तकमा अशुद्ध शब्द राखिँदा बाल मनोविज्ञानमा यही सही हो भन्ने भान परेको छ । प्रकाशन गृहले विसं २०७३ अघिकै संस्करणका पुस्तक बेचिरहँदा पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।

ती पुस्तकमा शुद्धलाई ‘शुद्ध’ लेखिएको छ । यस्ता गल्ती पृष्ठैपिच्छे छन् । धेरै शब्द गल्ती लेखिएको छ । भाषा बचाऊ अभियानका अभियानकर्मी चुडामणि गौतम शैक्षिक सत्र २०७४ मै नयाँ संस्करण निकाल्न अनुरोध गरेको बताउनुहुन्छ । प्रकाशकले अर्बौँको लगानी डुब्छ भनेर अझै शब्द शुद्धीकरण नगरेको उहाँ सुनाउनुहुन्छ ।

सुधारिएको एक वर्ष बितिसक्दा शैक्षिक सत्र २०७५ मा पनि प्रकाशकले नयाँ संस्करण ननिकाली बाल मनोविज्ञानमा खेलवाड गरेको अभिभावक रामचन्द्र सिम्खडाको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रतिष्ठानले प्रकाशन गर्न लागेको नेपाली बृहत् शब्दकोशको दशौँ संस्करणलाई कुरेको अभियानकर्मीले जनाएका छन् ।

यसरी अशुद्ध पुस्तक प्रकाशन गर्ने मध्येको टेक्सलाइनर पब्लिकेशन पनि एक हो । पब्लिकेशनले विसं २०७२÷२०७३ मै प्रकाशन गरेको नेपालीका पुस्तक अझै बिक्री गरिरहेको छ । प्रकाशनकी कर्मचारी शोभा महर्जन पुरानै पुस्तक बिक्री गरिरहेको स्वीकार्नुहुन्छ ।

यससम्बन्धी विस्तृत जानकारी लिन उहाँले दिनुभएको ध्रुव पराजुलीलाई पटकपटक सम्पर्क गरेपछि उहाँले प्रबन्ध निर्देशक शोभित बस्नेतको मोबाइल नम्बर दिनुभयो । त्यो नम्बरमा पटकपटक सम्पर्क गर्दा पनि फोन उठेन ।

पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी खुबीराम अधिकारी २०७३ साल चैत २९ गते चारबुँदे निर्णय गरी सरोकार भएका निकायलाई कार्यान्वयनका लागि पत्राचार गरिएको बताउनुहुन्छ । केन्द्रबाट स्वीकृति लिएका पुस्तक तीन वर्षपछि मात्र पुनस्र्वीकृति लिनुपर्ने व्यवस्था भएकाले त्यस्ता पुस्तक विद्यालयले अध्यापन गराइरहेको हुनसक्ने उहाँको भनाइ छ । नेपाल पज्ञा–प्रतिष्ठानले २०७३ चैतमै शुद्धीकरण गरेको नेपाली शब्द विद्यालयमा पढाइ हुने नेपाली विषयको पुस्तकमा सुधार भएको छैन । रासस

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com