पत्रकार महासंघ बेलायत अध्यक्षमा नरेश, वरिष्ठ उपाध्यक्षमा ध्रुबराज र श्याम


प्रकाशित मिति : जेष्ठ ५, २०७५ शनिबार

नेपाल पत्रकार महासंघ बेलायत शाखाको अधिवेशन एक अध्यक्ष, दुई बरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र तीन सचिव लगायतका पदाधिकारीहरु चयन गर्दै सम्पन्न भएको छ ।  शाखामा नरेश खपाङ्गी मगर दोश्रो कार्यकालका लागि अध्यक्ष चयन भएका छन् । शनिबार बेलायतको अल्डरसटमा सम्पन्न शाखाको चौंथो अधिवेसनले सर्वसम्मत कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा ध्रुबराज अर्याल र श्याम लुईंटेल, उपाध्यक्षमा दिनेश परियार, लिलामान शेरपुञ्जा र बिमला सेने, महासचिवमा सञ्जय कँडेल, उपमहासचिवमा नरेन्द्र बस्नेत, सचिवमा शिव भण्डारी, पूर्ण गुरुङ, जगन कार्की, कोषाध्यक्षमा सिद्धार्थ बिक्रम क्षेत्री र सहकोषाध्यक्षमा रोशन राई चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा बोमबहादुर थापा, नगेन्द्रराज नेम्बाङ, नरेश काङमाङ, सुरेन्द्र इङनाम, तीर्थ बहादुर मल्ल (अनिल), गणेश खड्का, मञ्जु भण्डारी खरेल, विश्वासदीप तिगेला, जीवन सेन, खुशी लिम्बु र खेमराज रानाभाट चयन भएका छन् । नवगठित पदाधिकारीहरुले आजै सपथ लिएका छन् । तर केही पदाधिकारीहरुले भने चयन प्रकृयामा असहमति जनाउँदै सपथग्रहण गरेनन् ।

लण्डनस्थीत नेपाली दूतावासका उपप्रमुख शरदराज आरनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र महासचिव रमेश विष्टको विशेष उपस्थीति रहेको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाका पदाधिकारीहरुले अधिवेशन सफलताको शुभकामना समेत दिएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फोटो: शिव भण्डारी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com