नेपाल अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवको आज भब्य उद्घघाटन हुने !!


प्रकाशित मिति : जेष्ठ ४, २०७५ शुक्रबार

दीपक परियार

नेपाल अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । मे महिनाको १८ तारिक शुक्रबार साँझ ६ बजे पछि नेपाली राजदुत डा. अर्जुन कुमार कार्की, मेरिल्याण्ड राज्य आर्ट काउन्सिलका कार्यकारी निर्देशक केन स्क्रजेज, म्यारिल्याण्ड फिल्म अफिसका निर्देशक ज्याक गर्बेस लगायत थुप्रै व्यक्तित्वहरुको रेडकार्पेट उपस्थितिमा उद्घाटन समारोह सम्पन्न हुने छ । अमेरिकामा रहेका नेपाली कलाकार तथा महोत्सवमा सहभागी हुने चलचित्रका फिल्मकर्मीको रेड्कर्पेट तथा उद्घाटन समारोह राम्रो उपस्थिति हुने छ ।

अमेरिकाको चर्चित एएफआइ सिल्भर थियटर शिल्भरस्प्रिंगमा हुने समारोहमा उद्घाटन चलचित्रको रुपमा नबिन सुब्बाद्वारा निर्देशित बहुप्रतिक्षित चलचित्र “गुडबाई काठमाडौँ” प्रदर्शन हुनेछ । बुसान चलचित्र महोत्सव लगायत धेरै प्रख्यात चलचित्र महोत्सवहरुमा सहभागी तथा पुरस्कृत चलचित्र “गुडबाई काठमाडौँ”को अमेरिका प्रिमिएर यसै महोत्सवबाट हुने भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चलचित्र महोत्सवको उद्घाटन पछि मे १९ र २० शनिबार र आइतबार दिनभरी नेपाल लगाएत विभिन्न देशका चलचित्रहरु रेगल सिनेमा, ह्याट्सभिल, मेरिल्याण्डमा नेपाल, अमेरिका, युरोप लगायत विश्वभरिका ४८ वटा चलचित्रहरु प्रदर्शन हुनेछन् । मे २० तारिक आइतबार साँझ भुटानी शरणार्थीहरुको कथामा आधारित चर्चित चलचित्र “देश खोज्दै जाँदा” प्रदर्शन हुने छ ।

चलचित्रकर्मी सुबर्ण थापाको अध्यक्षतामा ग्लोबल पिस फिल्मफेस्टिवल फ्लोरिडाकी कार्यकारी निर्देशक निना स्ट्रिक र वाशिंगटन डिसी क्षेत्रमा चर्चित रहेका डिसी एसियन प्यासिफिक फिल्म फेस्टिवलका कार्यकारी निर्देशक क्रिस्चियन ओ सहितको ३ सदस्यीय निर्णायक मण्डलले पुरस्कृत हुने चलचित्रको छनोट गर्ने छन् । कार्यक्रमको अन्तिममा महोत्सवको समापन तथा अवार्ड समारोहका साथै चलचित्र महोत्सव २०१९ घोषणा हुनेछ ।

नेपाल र अमेरिका लगायत विश्वको विविध कला संस्कृतिलाई जोड्न प्रत्येक वर्ष म्यारील्याण्ड तथा वाशिंगटन मेट्रो क्षेत्रमा आधारित रहेर चलचित्र महोत्सव आयोजना हुने नेपाल अमेरिका फिल्म सोसाइटीले जनाएको छ

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com