सन्दीप लामिछानेका आमा बुवा भन्छन्, ‘अब ऊ हाम्रोमात्र छोरा रहेन, सबै नेपालीको छोरा भइसक्यो’


प्रकाशित मिति : बैशाख ३१, २०७५ सोमबार

सन्दीप लामिछानेले आइपिएलमा गरेको प्रदर्शन यतिबेला नेपाल र विदेशमा निकै चर्चा भएको छ । नेपाली भएको नाताले नेपालका क्रिकेट प्रेमीहरुलाई यति धेरै खुसी दिएको छ भने सन्दीपको परिवारका सदस्य र आमा बुवाले झन कस्तो अनुभव गरेका होलान् ।

सन्दीप आइपिएलमा छनौट भएपछि उनका बुवा चन्द्रनारायण लामिछाने पनि दुई साता देखि भारतमा थिए । तर उनले लामो प्रतिक्षा सम्म पनि छोराको खेल हेर्न पाएनन् । खेलको नियम नै त्यस्तै थाहा नै नहुने रहेछ उनले भने । नेपालमा सन्दीपको खेल मैदानमै हेरेका चन्द्रनारायणको आइपिएलमा छोराको खेल मैदानमै हेर्ने सपना पुरा हुन पाएन ।

‘केही थाहा हुन्न बुवा, थाहा भए पनि भन्न मिल्दैन, अनुशासनमा बस्नुपर्छ भन्थ्यो,’ चन्द्रनारायणले आइतबार टेलिफोनमा एउटा संचार संस्थासंग भने , ‘एकैचोटी मैदानमा आएपछि मात्र खेल्न पाउनेरनपाउने थाहा हुन्छ भन्थ्यो, हिजो पनि टिभीमा ऊ मैदानमा आएको देखेपछिमात्र खेल्ने भएछ भन्ने थाहा पायौं।’
उनी छोराको खेल मैदानमै हेर्न नपाए पनि शनिवार भने टिभी स्कृनमा हेर्न पाए । छोराले खेल्न पाउने थाहा भएपछि सन्दीपको परिवारमा कम्ती खुसी छाएन । सबै परिवारले खेल सुरु हुनु भन्दा पहिले नै खाना खाइसकेका थिए ।

उनको चितवन, रत्ननगर–८ स्थित घरमा बुवाआमा र भाउजु छन् ।परिवारका सबै सदस्य रातको सवा आठ हुनुअघि नै उनीहरू टेलिभिजन सेटअघि बसिसकेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘मैदानमा छोरालाई पनि देखेपछि खुब खुसी लाग्यो,’ सन्दीपकी आमा कोपिलादेवी लामिछानेले भनिन्, ‘मलाई विश्वास थियो– उसले राम्रो खेल्छ।’

आमाको विश्वासजस्तै सन्दीपले पहिलो खेलमै राम्रो प्रदर्शन गरे ।

छोराले पहिलो खेलमा राम्रो बलिङ गरेको देखेर आमा कोपिलादेवी पनि गदगद भइन्। सन्दीपले क्रिकेट खेल्न थालेपछि नै उनले राम्ररी क्रिकेट बुझ्न थालेकी हुन्।

‘इन्डियामा हुँदा अलिअलिमात्र बुझ्थेँ, सन्दीप नेपाल आएर खेल्न थालेपछि झन् बुझ्न थालेँ,’ कोपिलादेवीले भनिन्,‘पहिला पनि खेलेको टिभीमा देखाउँथ्यो, आइपिएलमा उसको पहिलो खेल भएकाले होला हिजो विकेट लिँदा धेरै नै खुसी लाग्यो।’

चन्द्रनारायणले पाँच वर्षअघि छोराले जे लक्ष्य बोकेर नेपाल आएका थियो त्यो पूरा भएको बताए।

‘आमाबुवा तपाईँहरूलाई नेपालसँग जोडेर चिनाउँछु भनेर आएको थियो, म रिटायर्ड भएर फर्केको पाँचरछ महिनामात्र भयो,’ चन्द्रनारायणले भने, ‘अब ऊ हाम्रोमात्र छोरा रहेन। सबै नेपालीको छोरा भइसक्यो। सम्झँदा धेरै खुसी लाग्छ ।’सन्दीपका बुवाआमा खेल नसकिउञ्जेल टेलिभिजन सेट अगाडि बसिरहे।

हिजोको खेलमा रोयल च्यालेञ्जर्स बैंग्लोरले ५ विकेटले जित्यो। टिमले हारे पनि सन्दीपले राम्रो प्रदर्शन गरेर नेपालीको मन जिते । अब हुने खेलमा पनि सन्दीपले अवसर पाए राम्रो खेल्नेमा उनका बाबुआमा ढुक्क छन्।

‘ऊ पहिलादेखि नै आफ्नो पढाइ र काममा मिहनेती थियो, यहाँ आएर पनि दिदीको घरमा बसेर एकडेमी आएर मिहनेत गर्यो,’ चन्द्रनारायणले भने, ‘मिहनेत पनि गर्छ, उसलाई भाग्यले पनि साथ दिन्छ। मलाई पूरा विश्वास छ, पछि पनि राम्रो गर्छ।’

सन्दीपकी आमा कोपिलादेवीलाई छोरालेजस्तै उसका साथीहरूले पनि आइपिएल खेल्न पाएहुन्थ्यो भन्ने लागेको छ।

‘नेपालको क्रिकेट अझ राम्रो होस्,’ कोपिलादेवीले भनिन्,‘सन्दीपले जस्तै उसका साथीहरूले पनि आइपिएल खेल्न पाऊन्।’ सेतोपाटीको सहयोगमा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com