उत्तर कोरियाली थुनामा रहेका तीन अमेरिकी रिहा


प्रकाशित मिति : बैशाख २७, २०७५ बिहीबार

उत्तर कोरियाको थुनामा रहेका तीन जना अमेरिकी नागरिक बुधबार रिहा भएका छन् ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओको बुधबार भएको उत्तर कोरिया भ्रमणलगत्तै ती तीन अमेरिकी छुट्नसक्ने अनुमान गरिएको थियो । सोही बमोजिम नै उनीहरु रिहा भएका हुन् ।

उत्तर कोरियाली सरकारले ती अमेरिकीलाई रिहागर्ने तयारी गरेको थियो । कोरियाली अधिकारीहरूले अमेरिकी विदेशमन्त्रीको भ्रमणपछि छोड्ने जनाएका थिए ।

बिगत लामो समयदेखि उत्तर कोरिया र अमेरिकाले दुवै तर्फका नागरिकलाई आआफ्नो देशको भ्रमणमा रोक लगाउने गरेको भएपनि बर्सेनि ठूलो संख्याका अमेरिकी नागरिकले उत्तर कोरिया भ्रमण गर्ने गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उत्तर कोरियाली सरकारले जासुसको आरोप लगाएर थुनामा राखेका ती अमेरिकीलाई जेलमै राखेको थियो । पछिल्लो समयमा अमेरिका र उत्तर कोरियाबीचको सम्बन्धमा केही सुधार आउन थालेपछि भने ती अमेरिकी छुट्ने अपेक्षा गरिएको थियो ।

राष्ट्रपति ट्रम्पद्वारा स्वागत

यसैबीच उत्तर कोरियाद्वारा रिहा गरिएका तीन अमेरिकीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वागत गर्नुभएको छ ।

बिहीबार वासिङ्टन डिसी पुगेका उनीहरुलाई राष्ट्रपति ट्रम्पले स्वागत गर्नुभएको बताइएको छ । उनीहरुलाई वासिङ्टन विमानस्थलमै पुगेर राष्ट्रपति ट्रम्पले स्वागत गर्नुभएको थियो ।

गतहप्ता मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली जेलमा रहेका अमेरिकी नागरिकलाई तत्कालै रिहा गर्न आग्रह गर्नुभएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी केही हप्तामा उच्चस्तरीय भेटवार्ताको तयारी भइरहेको छ । सोही अवसरमा उनीहरूलाई रिहा गर्न उहाँले माग गर्नुभएको हो ।

यसै उच्चस्तरीय भेटवार्ताको तयारीको लागि नै अमेरिकी विदेशमन्त्री पोम्पेओले उत्तर कोरियाको भ्रमण गर्नुभएको थियो । सो भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

उहाँले यी दुई देशका उच्च नेताबीच हुन लागेको आसन्न वार्ताको वातावरण बनाउने अपेक्षा गरिएको छ । उहाँ अघोषित रूपमा नै बुधबार उत्तर कोरिया पुग्नुुभएको हो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com