तीन वर्षमा विदेशमा २१८४ नेपालीको मृत्यु


प्रकाशित मिति : बैशाख २७, २०७५ बिहीबार

विभिन्न रोजगारक क्रममा विदेश पुगेको नेपालीको मृत्युको तथ्याङक डरलाग्दो रहेको छ । वैदेशिक रोजगार प्रवद्र्वन बोर्डको तथ्याँकअनुसार आर्थिक वर्ष २०७२/७३ मा महिला २४ र पुरुष ७८७ गरी जम्मा ८११ जनाको मृत्यु भयो ।

आर्थिक वर्ष २०७४/७५ को चैत मसान्तसम्मको तथ्याँकअनुसार महिला १५ र पुरुष ५९३ गरी जम्मा ६०८ जनाको मृत्यु भएको देखिन्छ । मृत्युको संख्यामा खासै कमी आएको पाइएको छैन । आव २०७३/७४ मा महिला १८ र पुरुष ७३८ गरी जम्मा ७५६ जनाको मृत्यु भएको थियो ।

आव २०७२/७३ मा मुटुसम्बन्धी रोगका कारण १४८, आत्महत्याका कारण १०९, कार्यस्थलमा दुर्घटनाबाट ८१, प्राकृतिक मृत्यु २४१, सडक दुर्घटनाबाट १०३, हत्याबाट तीन, हृदयाघातबाट ९४ र अन्य कारणबाट २७ जनाको मृत्यु भएको थियो ।

आव २०७३/७४ को तथ्याँकअनुसार मुटुसम्बन्धी रोगका कारण ६४, आत्महत्याका कारण ९०, कार्यस्थलमा दुर्घटनाबाट ६१, प्राकृतिक मृत्यु २५२, सडक दुर्घटनाबाट १२२, हत्याबाट एक, हृदयाघातका कारण ६४ र अन्य कारणबाट ८० जनाको मृत्यु भयो । चार व्यक्तिको मृत्यु अझै अनुसन्धानका क्रममा छन् भने १८ मृत्युबारे अझै जानकारी हुन सकेको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मुटुसम्बन्धी रोगका कारण ५३, आत्महत्याका कारण ९९, कार्यस्थलमा दुर्घटनाबाट ४४, प्राकृतिक मृत्यु ९८, बिरामी भएर ४७, सडक दुर्घटनाबाट ९३, हत्याबाट एक, हृदयाघातका कारण ९४, अज्ञात मृत्यु ११ र अन्य कारणबाट ३६ जनाको मृत्यु भएको आव २०७४÷७५ को चैत मसान्तसम्मको तथ्याँकले देखाउँछ । थप ३२ को मृत्यु अझै अनुसन्धानका क्रममा छन् ।

तथ्याँकअनुसार आव २०७२÷७३ मा जापानमा दुई, सिरियामा एक, तान्जानियामा एक, ओमानमा चार, कतारमा १२६, कुवेतमा ३१, दक्षिण कोरियामा १३, बहराइनमा आठ, मलेसियामा ३३७, माल्दिभ्समा दुई, संयुक्त अरब इमिरेट्समा ५४ र साउदी अरेबियामा २२३ जनाको मृत्यु भयो । आव २०७३÷७४ मा इजिप्टमा एक, जापानमा चार, नाइजेरियामा एक, अफगानिस्तानमा १२, कतारमा चार, कुवेतमा १३, दक्षिण कोरियामा ११, नेपालमा एक, बहराइनमा छ, मलेसियामा २५४, माल्दिभ्समा दुई, संयुक्त अरब इमिरेट्समा ४५ र साउदी अरेबियामा २५१ जनाको मृत्यु भएको थियो ।

आव २०७४÷७५ को चैत मसान्तसम्मको तथ्याँकले इजिप्टमा एक, भियतनाममा एक, जापानमा चार, कतारमा ९२, कुवेतमा १४, जर्मनीमा एक, टर्कीमा एक, दक्षिण कोरियामा १८, नेपालमा ३५, बहराइनमा सात, मलेसियामा २०९, संयुक्त अरब इमिरेट्समा ६९ र साउदी अरेबियामा १५५ जनाको मृत्यु देखाउँछ । यो समाचार आजको नेपाल समाचारपत्रले छापेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com