बिहे गरेर घर जाँदै गर्दा चलिरहेको गाडीबाट बेहुली बेपत्ता


प्रकाशित मिति : बैशाख २५, २०७५ मंगलबार

भर्खर बिहे गरेर बेहुली लिएर घर जाँदै गर्दा चलिरहेको गाडीबाटै बेहुली बेपत्ता भएपछि बेहुला तनाबमा परेका छन् । बेपत्ता भएकी बेहुली माइतीको सम्पर्कमा पनि आएकी छैनन् । बेहुला र बेहुली तर्फका पूरै परिवार र जन्तीसमेत बेहुली खोज्न लागिपरेका छन् । बेहुली बेपत्ता भएको उजुरी प्रहरीमा दिइएको छ । तर बेहुली अझै भेटिएकी छैनन्।

बेहुली शनिबार बिहान बेपत्ता भएकी हुन् । शुक्रबार साँझ जन्तीहरुसँगै बेहुला पनि गाडीमै निदाएका थिए । बिहान हेर्दा बेहुली थिइनन् । भारतको बिहारको राजधानी पटनाबाट बेहुली बिहे गरेर मुम्बइ लैजाने क्रममा बेहुली हराएकी हुन्। मुम्बइ जाने क्रममा निदाएका जन्ती र बेहुलाले बेहुली हराएको थाहा पाएपछि पूरै ट्रेनमा खोजतलासी गरेका थिए तर बेहुली कतै भेटिइन् । बीचमा ट्रेन मध्य प्रदेशको खण्डवा जंक्शनमा रोकिएपछि उनीहरु त्यहाँ झरेर फर्केर मध्यप्रदेशकै इटारसी जंक्शनसम्म पुगे तर बेहुली कतै थिइनन्।

उनीहरु पाटलीपुत्र लोकमान्य तिलक एक्सप्रेस सुपर फास्ट ट्रेनको एसी कोचमा मुम्बइ जाँदै थिए । बाटोमा बेहुली हराएको थाहा पाएपछि उनीहरुले खण्डवा जंक्सनमा रेलवे प्रहरीमा उजुरी दिएका छन् । उनीहरुले दुवै स्टेशनको सिसिटिभी फुटेजमा पनि कुनै सुराग नभेटिएको बताएका छन् । मुम्बइका छत्रपति शर्माले पटनाकी प्रिति शर्मासँग बिहे गरेका थिए।

बाटोमा बेहुली हराएपछि ट्रेनका अन्य यात्रुलाई सोध्दा एक यात्रीले इटारसी जंक्शनमा बेहुली ट्रेनबाट झरेको देखेको बताएपछि उनीहरु खोज्दै इटारसी पुगेका थिए। उनीहरुको विवाह २३ नोभेम्बर राति पटनाको सिंगरौलीमा भएको थियो । भोलिपल्ट शुक्रबार साँझ उनीहरु बेहुली लिएर हिँडेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बिहेको क्रममा बेहुलीको अनुहारमा कुनै किसिमको तनाव नदेखिएको बताइएको छ। ५ महिना अगाडि उनीहरुको इंगेजमेन्ट भएको थियो। त्यसपछि उनीहरु दुवै सँगसँगै धुम्ने गरेको र दुवैले एकअर्कालाई मन पराएको दुवै परिवारले बताएका छन् । दुवैलाई बिहे गर्न कुनै आपत्ति भएजस्तो ५ महिनासम्म नदेखिएको दुवै परिवारको दावी छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com