मोदीको भ्रमणको सदुपयोग गरौँः निधि


प्रकाशित मिति : बैशाख २४, २०७५ सोमबार

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई विकासमा सदुपयोग गर्नुपर्ने बताउनुभएको छ ।

जनकपुरधाम विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले भ्रमणलाई जनकपुर–अयोध्या सम्बन्ध विस्तार, हुलाकी सडकको दोस्रो चरणको विस्तार, पूर्वपश्चिम रेलमार्ग निर्माण, राजर्षि विश्वविद्यालयको भौतिक पूर्वाधार विकास र बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का आयोजनामा सहयोग केन्द्रित गरी सदुपयोगको वातावरण निर्माण गर्नुपर्ने धारणा राख्नुभयो ।

फरक प्रसंगमा उपसभापति निधिले प्रदेश नं २ को प्रदेशसभामा नेपाली काँगेसलाई प्रतिपक्षी दलको मान्यता नदिएर प्रदेश सरकारले अधिनायकवादी शैली प्रस्तुत गरिरहेको आरोप लगाउनुभयो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com