आचार्य श्रीनिवास पक्राउ, भाडामा आफैलाई गोली हान्न लगाएको आरोप


प्रकाशित मिति : बैशाख २४, २०७५ सोमबार

हिन्दू धर्मगुरु आचार्य श्रीनिवासलाई पक्राउ गरिएको छ।
मोरङ प्रहरीको टोलीले श्रीनिवासलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

प्रहारीको अनुसन्धानबाट गत चैत २५ गते उनीमाथि प्रहार गरिएको गोली आफैले हान्न लगाएको देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

मोरङका एसपी अरुण बीसीका अनुसार गोली प्रहारमा संलग्न भएको अभियोगमा दुई जना पक्राउ परेका थिए ।

तर, उनीहरुले आचार्य श्रीनिवासले नै योजना बनाएर आफूलाई गोली हान्न लगाएको बयान दिएपछि श्रीनिवासलाई अनुसन्धानका लागि हिरासतमा लिइएको प्रहरीले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com