यी महिला जस्ले १६ लाख ५० हजार रकम ब्याजमा लिएर ४० लाख ४९ हजार तिर्दा पनि सकिएन ऋण, अहिले घरबास नै उठ्यो, परिवारको बिचल्ली
प्रकाशित मिति : बैशाख २४, २०७५ सोमबार
चितवनमा मिटर ब्याजको कारोबारमा बृद्धी हुदै गएको छ । मिटर ब्याजको रकम तिर्दा तिर्दा एक महिलाको बिचल्ली नै भएको छ । राप्ती नगरपालिका १ लोथर निवासी अन्जु उप्रेतीले अरुसँग लिएको रकमको ब्याज तिर्दा तिर्दा उनी घरबार बिहिन हुन थालेकी छिन् । उनले तिर्ने ब्याज पनी सामान्य होइन सय कडा २० अर्थात मासिक २४० प्रतिशत ब्याज तिरेकी छिन् ।
कारोबार मिलाउन उनले आफुले भोगचलन गर्दै आएको ३ कठ्ठा जग्गा समेत ऋण ल्याएको व्यक्तीलाई बिक्री गर्नुपयो । अन्जुले १६ लाख ५० हजार रकम ब्याजमा लिएको र २५ महिनाभित्र उनले ४० लाख ४९ हजार तिरेको बताउछिन् । त्यतिले मात्रै नभएर उनले ऋण लिएको स्थानिय केशकुमारी डल्लाकोटीलाई ३ कठ्ठा जग्गा समेत दिइन् ।
अहिले उनी र उनको परिवारको बिचल्ली भएको छ । उनको छोराछोरीले जग्गा फिर्ता पाउँ र चलनचल्ती बाहेकको ब्याज रकम फिर्ता पाँउ भनी जिल्ला प्रशासन कार्यालय देखी नगरपालिकाहरुमा निवेदन दिएका छन् । अन्य केहीसँग पनी अन्जुले रकम सापटी लिएको र सो रकम तिर्न नसक्दा उनी घरछोडेर हिड्नु परेको छ ।






