कांग्रेसलाई मनाउन दुई साता संसद बैठक स्थगित


प्रकाशित मिति : कार्तिक १०, २०७३ बुधबार

व्यवस्थापिका–संसद्को बैठक १५ दिनपछि बस्ने गरी स्थगित भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्तावमाथिको छलफल मंगलबारदेखि सुरु भए पनि त्यसलाई १५ दिनसम्म पर धकेलिएको छ ।

छलफलमा बोल्न धेरै सांसदले नाम लेखाए पनि सभामुखले २५ कात्तिकसम्मका लागि बैठक स्थगित गरेकी हुन् । तर, सभामुख ओनसरी घर्तीमगर एक्लैले यति लामोसमयसम्म बैठक सार्ने निर्णय भने लिएकी होइनन् । प्रमुख दलहरूकै सुझावमा सभामुखले वैठक पर सारेकी हुन् । नजिकिँदै गरेको तिहार, छठ पर्वलगायत कारण देखाउँदै संसद् बैठक १५ दिनपछि बोलाइएको हो ।

तर, सत्तारूढ दल कांग्रेससँग सहमति नभएका कारण संसद् बैठक लामो समयलाई स्थगित गरिएको हो । संसद्को सबैभन्दा ठूलाे दल कांग्रेसले महाअभियोगको विषयमा आफ्नो निर्णय गर्न समय लगाएपछि संसद्मा महाअभियोगको छलफल पनि सरेको नेताहरूले बताएका छन् । राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले चाडबाड पनि परेको र दलहरूबीच सहमति जुटाउन पनि समय आवश्यक परेकाले बैठक पर सारेको जानकारी दिए ।

नेताहरूले दलीय सहमित जुटाउन बैठक लामो समयसम्म स्थगित गरेको बताए पनि स्रोतका अनुसार कांग्रेसले लोकमान नियुक्तिको विषयमा अदालतमा विचाराधीन रहेको र संसद्मा महाअभियोग निष्कर्षमा पुग्नुभन्दा पहिला नै सर्वोच्चको फैसला आओस् भन्ने चाहेको छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

त्यसैले, कांग्रेसले यो विषयलाई लम्ब्याउन खोजेको हो । तर, महाअभियोग र सर्वोच्चको मुद्दा अन्तरसम्बन्धित छैनन् । मुद्दा योग्यताको विषयमा छ भने महाअभियोग कार्कीले प्रमुख आयुक्त भएपछि कानुनी शासनलाई चुनौती दिँदै गरेका कामसँग सम्बन्धित छ । यसबीचमा सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र र एमालेले महाअभियोग पारित गराउन कांग्रेसलाई मनाउने पहल गर्ने बताएका राजधानीमा खबर छ ।

कांग्रेसले अझै निर्णय लिन नसके पनि महाअभियोगको पक्षमा उभिने तीव्र दबाब परेको छ । मंगलबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकमा पनि अधिकांश नेताले महाअभियोगकौ पक्षमा धारणा राखेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com