मेयरद्वारा फेवातालमा हामफालेर आत्महत्याको प्रयास
प्रकाशित मिति : बैशाख २१, २०७५ शुक्रबार
पुतलीबजार नगरपालिकाकी मेयर सीमा कुमारी क्षेत्रीले फेवातालमा हामफालेर आत्महत्या प्रयास गरेकी छिन् । हिजो साँझ करिब ४ बजेतिर फेवातालमा हाम फलेर आत्महत्या प्रयास गरेकी हुन् ।
उनले हामफले लगतै नजिक रहेका एक विदेशी पर्यटकले देखेपछि उनलाई पौडिएर तालबाट बाहिर निकालेका थिए। तालबाट बाहिर निकाले लगतै उनलाई स्थानीय अस्पतालमा भर्ना गरिएको थियो ।
भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धनमा स्थानीय तहको भूमिका विषक गोष्ठिमा सहभागी हुन् पोखरा पुगेकी उनि केहि दिन अघि काठमाडौँ बाट डिप्रेशनको उपचारपछि घर फर्किएकी थिइन् ।
घटनाबारे अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ।






