प्रहरी चौकीको हाताभित्रै छिमेकीलाई दिसा खुवाउने एक महिला पक्राउ


प्रकाशित मिति : बैशाख २१, २०७५ शुक्रबार

वैशाख २१, सुर्खेतमा अन्तरिक विवादका क्रममा छिमेकीलाई दिसा खुवाउने एक महिला पक्राउ परेकी छन्।

जिल्लाको बराहताल गाउँपालिका–५ की भविसरा थापा मगरले बराहताल गाउँपालिका–५ का भक्तबहादुर सलामीलाई मिलापत्र गर्ने क्रममा बड्डीचौर प्रहरी चौकीको हाताभित्रै दिसा खुवाएपछि पक्राउ परेकी हुन्।

गाउँमा सलामीले मदिरा सेवन गरी गाली बेइज्जती गरेको भनी थापाले प्रहरीचौकीमा उजुरी गरेकी थिइन्। प्रहरीले भविसरा र भक्तबहादुर दुवै पक्षलाई झिकाइ वडा नं ५ का वडाध्यक्ष दिल मसाङ्गीको रोहबरमा छलफल राखेको थियो। त्यस क्रममा अबीरको टीका लगाएर सलामीसँग मिलापत्र गर्छु भन्दै भविसराले प्लाष्टिकमा लुकाई ल्याएको दिसा भक्तबहादुरलाई खुवाएकी हुन्।

प्रहरी कार्यालय बड्डीचौरमा मिलापत्रको छलफलका क्रममा दिसा खुवाएपछि सलामीले प्रहरीमा उजुरी दिएको र त्यसैका आधारमा भविसरालाई पक्राउ गरिएको सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक उमाकान्त चतुर्वेदीले जानकारी दिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com