तीन वर्षिया बालिकालाई स्कुल बसले ठक्कर दिँदा घट्नास्थलमै मृत्यु


प्रकाशित मिति : बैशाख २१, २०७५ शुक्रबार

वैशाख २१, विराटनगर । मोरङको रंगेली नगरपालिका–२ दौलतपुरमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।

स्कुल बसको ठक्करबाट रंगेली नगरपालिका–३ का विनोद कार्कीकी ३ वर्षिया छोरी सुजिकाको मृत्युु भएको हो।

सदन इंग्लिस बोर्डिङ स्कुल धनपालथानको को१ख २७८१ नम्बरको स्कुल बसले बालिकालाई ठक्कर दिएको थियो। ठक्करबाट बालिकाको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रणमा छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com