बालकलाई बेच्न भारत लैजाने क्रममा एकजना पक्राउ


प्रकाशित मिति : बैशाख २०, २०७५ बिहीबार

वैशाख २०, कञ्चनपुर । कम्प्युटर सिकाईदिने र काममा लगाउने भन्दै दुई बालकलाई बेच्नका लागि भारत लैजाने क्रममा एकजना पक्राउ परेका छन् ।

बुधबार ललितपुरका ४८ वर्षीय शिवप्रसाद गौतमलाई १३÷१४ वर्षीय दुई बालकसहित पश्चिमी सीमा नाका गड्डाचौकीबाट प्रहरीले पक्राउ गरेको हो ।

महेन्द्रनगर बसपार्कमा खेल्दै गरेका दुई बालकलाई भारतमा कम्प्युटर कोर्ष सिकाउने र मासिक ४ हजार तलबसमेत दिने भन्दै ललाई फकाई उनले दुई दिनसम्म महेन्द्रनगरको एक होटेलमा आफुसँगै राखेको र बुधबार भारतीय नम्बर प्लेटको गाडिमा राखेर भारततर्फ लैजादै गरेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

माईती नेपाल र प्रहरीले शंका लागेपछि सोधपुछ गर्ने क्रममा ती बालकलाई उनले बेच्न लैजान खोजेको पत्ता लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गौतमलाई पक्राउ गरी मानव वेचविखन तथा ओसार पसार अन्तर्गत मुद्दा दर्ता गरी कारवाही अगाडि बढेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com