नेपाल आयल निगमले फेरि बढायो, पेट्रोललियम पदार्थको मूल्य
प्रकाशित मिति : बैशाख १९, २०७५ बुधबार
वैशाख १९, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको भाउ बढाएको छ । पेट्रोलमा २ रुपैयाँ र डिजेल र मट्टितेलमा ३र३ रुपैयाँ मूल्य बढाएको निगमले जनाएको छ । बढेको मूल्य बुधबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।
मूल्य बढेपछि पेट्रोलको मूल्य प्रतिलिटर १०८ र डिजल र मट्टितेल प्रतिलिटर ९० रुपैयाँ पुगेको छ ।
खाना पकाउने ग्यासमा निगमलाई प्रतिसिलिण्डर ६४।२९ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । निगमले खाना पकाउने ग्यासको भाउ भने बढाएको छैन ।






