केटीको भेष बदलेर केटाले गरे केटासँगै बिहे थाहा पाएपछि गाउँले चकित
प्रकाशित मिति : बैशाख १९, २०७५ बुधबार
सामान्यतया केटा र केटीवीच बिवाह हुन्छ । केटाले केटासँगै बिबाह गरे भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, धनकुटामा केटीको भेष बदलेर केटाले केटासँगै बिहे गरेको घटना सार्वजनिक भएको छ । घटना धनकुटाको सहिदभूमी गाउँपालिका स्थित छिन्ताङको हो ।

भोजपुरको रामप्रसाद राई गाउँपालिकाका २५ बर्षीय राजकुमार राईले केटीको भेष बदलेर छिन्ताङ मुलधावाका २७ बर्षीय बिपिन राईसँग बिबाह गरेका हुन् । ठगी गर्ने मनसायले घटना भएको प्रहरीको ठम्याई छ । केटी जस्तो बनेर विवाह गरी झुक्याई स्थानीयलाई ठगी गर्न थालेपछि राजकुमारलाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन् ।उनको ठग्ने शैली देखेर स्थानीयसँगै प्रहरी पनि आश्चर्यमा परेको छ । अनुहार हेर्दा युवती जस्तो देखिने ती युवकले नाटकीय शैलीमा ठगी गरेकोे पाईएको धनकुटाका प्रहरी प्रवक्ता गौतम मिश्रले संगालोखबरलाई जानकारी दिएका छन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार केही समय अघि विपिन बैदेशिक रोजगारीका शिलसिलमा भारतमा भएका बेला फेसबुकमार्फत उनीहरुवीच चिनजान भएको थियो । राजकुमारले केटी जस्तो बनेर बिपिनसँग सम्बन्ध बिस्तार गरे । बिपिन स्वदेश फिर्किएपछि उनीहरुले भागी बिबाह गरेका हुन ।स्थानीयको घेराबन्दीमा रहेका राजकुमार र बिपिन ।तर, बिबाह गरेर ल्याईएको मान्छे केटा हो भनेर बिपिनले विवाह पश्चात मात्र पत्तो पाए । गाउँलेले थाहा पाउँदा बेईज्जत हुने डरले गुपचुप बसेको बिपिन बताउँछन् ।
आफुहरुवीच आर्थिक लेनदेनको बिषय रहेकाले त्यो टुंग्याएपछि छुट्ने तयारी गरेको बिपिनको दावी छ ।दुलही बनेर आएका राजकुमार केटीको कपडा लगाएर बस्ने गर्थे । स्वर पनि केटीको जस्तै बनाएर बोल्ने गरेका थिए । लामो कपाल पालेर केटी जस्तै देखिने उनी छिमेकीहरुसँग पैसा सापटी माग्दै हिड्ने गरेका थिए । तर, भोजपुर स्थित घरबाट खोजि भएपछि उनी केटी नभई केटा हुन् भन्ने कुराको पर्दाफास भएको हो ।
राजकुमारले अर्कै केटीसँग बिबाह गरी डेढ बर्षको छोरासमेत रहेको पत्ता लागेको प्रहरीले जनाएको छ । राजकुमारले छिन्ताङमा भेष बदलेर ठगी गर्दै हिडेको थाहा पाएपछि पक्राउ गरी प्रहरीमा बुझाईएको स्थानीय भरतसिंह राईले बताए ।स्थानीय बम कार्कीले संगालोखबरलाई दिएको जानकारी अनुसार दुलही बनेर आएका उनले धेरै स्थानीयसँग पैसा सापटी मागेर लगेका छन् ।
तर, कसैको पनि सापटी रकम फर्काईएको छैन । सापटी माग्दै रकम कुम्ल्याएर भाग्न खोजेको स्थानीयको आशंका छ ।दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर घटनाको बिषयमा अनुसन्धान भईरहेको धनकुटाका प्रहरी प्रवक्ता मिश्रले जानकारी दिएका छन् । झुक्याएर ठगी गर्दै हिडेको पत्तो पाएपछि गाउँलेले समातेर प्रहरीमा बुझाए






