ट्रकले नेपाली सेनाको गाडीलाई ठक्कर दिँदा ट्रक र मोटर साइकलमा आगलागी


प्रकाशित मिति : बैशाख १९, २०७५ बुधबार

वैशाख १९, काठमाडौं । धादिङको थाक्रे गाउँपालिका महादेवबेसी–२ पृथ्वी राजमार्गमा नेपाली सेनाको गाडीलाई ठक्कर दिँदा सिमेन्ट बोकेको ट्रकमा आगलागी भएको छ। मलेखुबाट काठमाडौं आउँदै गरेको ना ६ ख २७८१ नम्बरको ट्रकले सोही दिशाबाट आउँदै गरेको मोटरसाइकललाई बाटो दिने क्रममा विपरीत दिशाबाट आउँदै गरेको सेनाको बा २ ग २४६३ नम्बरको ट्रकसँग ठक्कर खाएको हो। ट्रकमा आगलागी भएको धादिङका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिए। त्यस्तै बा ३६ प ७२३९ को मोटरसाइकलमा पनि आगो लागेको समेत पुरीले बताए। आगो अहिले नियन्त्रणमा आइसकेको छ। ट्रक चालक समान्य घाइते भएकाले उपचारका लागि स्थानीय अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com