विप्लव समूहका कार्यकर्ता चन्दा संकलनका लागि धम्की दिएको आरोपमा पक्राउ


प्रकाशित मिति : बैशाख १८, २०७५ मंगलबार

वैशाख १८, रसुवा– रसुवामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य तथा युवा रेड फोर्सका जिल्ला संयोजक योसाङ घले पक्राउ परेका छन्।

आमाछोदिङमो गाउँपालिका ४ गोल्जुङका ३० वर्षीय घलेले जिल्लामा रहेका जलविद्युत आयोजनामा चन्दा संकलनका लागि धम्की दिने गरेको गुनासोका आधारमा घलेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक ध्रुव सिलवालले बताए ।

देशभर विप्लव समूहले अवाञ्छित गतिविधि गर्न सक्ने भएकाले आवश्यकताअनुसार नियन्त्रणमा लिन गृह मन्त्रालय दिएको निर्देशनअनुसार घलेलाई पक्राउ गरिएको र विप्लव समूहमा आबद्ध अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घले विरुद्ध परेको गुनासोबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरीले घलेलाई पक्राउ गरे लगत्तै नेकपाले विज्ञप्ति निकालेर यसको विरोध गरेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com