निष्कर्षमा पुग्दै २० जिल्लाका स्थानीय तह


प्रकाशित मिति : कार्तिक ८, २०७३ सोमबार

स्थानीय निकाय पुनःसंरचना आयोगको मापदण्ड अनुसार यसअघि विकल्पसहित प्रतिवेदन बुझाएका २० जिल्लालाई स्थानीय तह पुनःसंरचनाको काम झन्झटिलो नहुने भएको छ । आयोगले अर्को मापदण्ड तोके पनि यी २० जिल्लालाई खासै फरक पर्नेछैन ।

यी जिल्लाले विभिन्न विकल्पसहितका सुझाव दिएकाले अहिले आयोगले दिएको नयाँ मापदण्ड अनुसार तुलना गर्दा खासै फरक पर्ने नदेखिएपछि २० जिल्लाको पुनः संरचनाको कार्य सहज हुने भएको छ ।

यसअघि स्थानीय तह पुनःसंरचना आयोगले स्थानीय तहको सङ्ख्या ५६५ हुने प्रारम्भिक खाका सार्वजनिक गरेसँगै आयोगमा ती जिल्ला प्राविधिक सहयोग समितिले विभिन्न विकल्पसहित प्रस्ताव पठाएका थिए । आयोगले पछिल्लो ५०७ देखि ७४४ को बीचमा हुने गरी नयाँ मापदण्ड तोके पनि दुवै मापदण्डलाई तुलना गर्दा २० जिल्लाको काम करिब सम्पन्न नजिक पुगेको आयोगले जनाएको छ ।

आयोगका सदस्य डा. श्यामकृष्ण भुर्तेलले भने, ‘तथ्याङ्क हेर्दा २० जिल्लामा समस्या छैन, अरू पनि कतिपय जिल्लामा आयोगले पछिल्लोपटक जिल्ला प्राविधिक सहयोग समितिलाई पठाएको स्थानीय तहको सङ्ख्या हेर्दा समस्या छैन, जिल्लाले पहिला पठाएको विकल्प र आयोगले पछिल्लो पटक सार्वजनिक गरेको अधिकतम सङ्ख्या मिल्छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनका अनुसार यसबाट आयोगको काम सहज र छिटो हुनेछ । यसले गर्दा प्रतिवेदन बुझाउनसमेत आयोगलाई छिटो हुनेछ ।
बीस जिल्लाले पहिले पठाएको विभिन्न विकल्प र आयोगले शुक्रबार सार्वजनिक गरेको स्थानीय तहको सङ्ख्याको सीमा हेर्दा अब ती जिल्लामा स्थानीय तहको सङ्ख्या निर्धारण गर्न कुनै समस्या छैन ।

पहिलाको तथ्याङ्क र अहिले आयोगले सार्वजनिक गरेको सङ्ख्याको सीमा हेर्दा अन्य जिल्लामा पनि सहमति नजिक पुग्नेछ । आयोगले जिल्ला प्राविधिक सहयोग समितिलाई कात्तिक २१ गतेभित्र जिल्लामा स्थानीय तहका सङ्ख्या कति बनाउने भन्नेबारेमा सरोकारवालासँग छलफल गरी सम्भव भएसम्म सर्वसम्मत गरेर आयोगलाई प्रतिवेदन बुझाउन समयसीमा निर्धारण गरेको गोरखापत्रमा खबर छ । अब अधिकांश जिल्लामा स्थानीय तहको सङ्ख्या कत्ति बनाउने भन्नेबारेमा स्थानीय राजनीतिक दलबीच सर्वसम्मत हुने आगोगको विश्वास छ ।

आयोगका अध्यक्ष बालानन्द पौडेलले मुख्य राजनीतिक दल र सरकारको निर्देशनलाई ध्यानमा राखी आयोगले इलाकालाई समेत आधार मानेर स्थानीय तहको सङ्ख्या निर्धारण गरेको र अब केही जिल्लामा बाहेक अधिकांश जिल्लामा सर्वसम्मत रूपमा स्थानीय तहको सङ्ख्या तोकिएर आयोगलाई प्रतिवेदन बुझाउने जानकारी दिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com