मजदुर र उद्योगबीच उपयुक्त सम्बन्ध स्थापित हुन सकोस् : राष्ट्रपति भण्डारी


प्रकाशित मिति : बैशाख १८, २०७५ मंगलबार

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वभरीका श्रमजीविहरुलाई एकताको सूत्रमा बाँध्न मजदुर दिवसले सहयोग गर्ने विश्वास व्यक्त गरेकी छन् । उनले मजदुर र उद्योगबीच उपयुक्त सम्बन्ध स्थापित हुन सकोस् र श्रम अधिकार सुनिश्चित होस् भन्ने कामना पनि गरेकी छन् ।

मजदुर दिवसको अवसरमा राष्ट्रपतिबाट जारी शुभकामना सन्देशमा लेखिएको छ, ‘सबै नेपाली श्रमिकहरुले स्वदेश तथा विदेशमा श्रम गर्दा अनुकूल श्रम वातावरण, न्यायोचित पारिश्रमिक एवम् सामाजिक सुरक्षा लगायतका सबै श्रम अधिकार सुनिश्चित भई उपयुक्त औद्योगिक सम्बन्ध स्थापित हुन सकोस् भन्ने कामना गर्दछु ।’

उनले मजदुर दिवसको अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवी दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् श्रम अधिकार सुनिश्चितताको कामना पनि गरेकी छन् ।

‘आर्थिक समृद्धि, सामाजिक विकास, दिगो शान्ति सुशासनतर्फ अग्रसर वर्तमान अवस्थामा सबै नेपाली श्रमिक तथा मजदुरहरुले आफ्नो हक अधिकारको पूर्ण, जीवनोपयोगी र सार्थक रुपमा प्रयोग गर्न सकुन् भन्ने शुभकामना व्यक्त गर्दछु,’ राष्ट्रपतिको सन्देशमा लेखिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com