पोर्चुगलमा बेरोजगारी घट्दै


प्रकाशित मिति : बैशाख १८, २०७५ मंगलबार

पोचुगलको बेरोजगार दर सन् २००४ को अप्रिलपछि फेब्रुवरीसम्मकै सबैभन्दा निम्न विन्दुमा झरेको यहाँको राष्ट्रिय तथ्याङ्क विभाग (आइएनई) ले सोमबार सार्वजनिक गरेको छ ।

आइएनईले फेब्रुवरीका लागि बेरोजगारी दर ७.८ प्रतिशत हुने अपेक्षा गरेकोमा यसमा ०.२ प्रतिशत कम अर्थात् ७.६ भएको बताएको छ । यो जनवरीको तुलनामा ०.३ प्रतिशतले कमी हो ।

सन् २०१६ को सोही महिनाको तुलनामा यसवर्षको बेरोजगारी दरमा ४.३ प्रतिशत र सन् २०१७ को तुलनामा २.३ प्रतिशतले घटेको र यसलाई महत्वपूर्ण सुधार मानिएको सरकारले जनाएको छ ।

परम्परागतरूपमा पर्यटनका लागि वर्षको शुरू त्यति उत्साहजनक नहुने मानिएपनि बेरोजगार दर घट्नुलाई एक सकारात्मक सूचकका रूपमा लिइएको आइएनईले जनाएको छ । (रासस÷सिन्ह्वा)

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com