समाजवादको स्थापनाको लागि नेपाली श्रमिकको मुख्य कार्यभारः प्रचण्ड


प्रकाशित मिति : बैशाख १८, २०७५ मंगलबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समाजवादको आधार निर्माण गर्न संघर्ष गर्नु नेपाली श्रमिक वर्गको मुख्य कार्यभार रहेको पनि बताएका छन् ।

विश्व मजदुर दिवसको अवसरमा मंगलबार प्रचण्डले जारी गरेको शुभकामना सन्देशमा लेखिएको छ, ‘देश स्थिरता र समृद्धिको बाटोमा अग्रसर रहेको यस सन्दर्भमा सर्वहारावादी कम्युनिष्टहरुको एकता अपरिहार्य आवश्यकता बनेको छ । अग्रगामी कम्युनिष्टहरुबीचको ध्रुवीकरणले मात्र मुक्तिकामी श्रमिक वर्गको हक र अधिकारको सुनिश्चितता गर्न सकिन्छ । त्यसका लागि समाजवादको आधार निर्माण गर्न संघर्ष गर्नु नेपाली श्रमिक वर्गको मुख्य कार्यभार हो ।’

संविधानको सफल कार्यान्वयनसहित स्थिरता, समृद्धि र समाजवादी अर्थतन्त्रको विकासका लागि मजदुर वर्गले आगामी दिनमा अग्रदस्ताको भूमिका निर्वाह गर्न सकोस् भन्दै उनले नेपाल र विश्वका मजदुरहरुमा बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

मई १ सन् १८८६ मा आठ घण्टाको काम, आठ घण्टा आरामको मागसहित अमेरिकी मजदुरहरुले शिकागो सहरमा गरेको संघर्ष सफल भएको स्मरण स्वरुप विश्वभरका मजदुरहरुले आजको दिनलाई मई दिवस अर्थात मजदुर दिवसको रुपमा मनाउने गर्दछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com