संगै फिल्म खेलेका दिलीपसंग ११ बर्षपछि भेट हुदाँ थाम्न सकिनन् निरूताले आँशु


प्रकाशित मिति : बैशाख १७, २०७५ सोमबार

 

पर्दामा निकै रुचाईएको यो जोडी धेरै बर्षपछि भेट्दा निकै भावुक देखियो । दीलिपसँगको भेटघाटले निरुता निकै खुशी भईन्, उनको आँखामा खुशीका आँसु छल्किए । सिनेमा र सिनेमाले जोडीदिएको सम्बन्ध निकै भावनात्मक हुने निरुताले बताईन् ।

दीलिपसँगको भेटले पुराना दिनहरु ताजा भएको आएको उनले सुनाईन् । यता दीलिपले पनि निरुताको प्रशंसा गरेर थाकेनन् । चलचित्रमा सँगै काम गर्न पाँउदा निकै खुशी देखियो जो जोडी ।

चलचित्र ‘नाई नभन्नु ल ५’ मा निरुताको भुमिका छोटो भएपनि निकै प्रभावकारी रहेको सिनेमाका निर्देशक बिकास राज आचार्यले जानकारी गराएका छन् । सिनेमामा निरुता र दिलीप बाल कलाकार अनुभव रेग्मीको मातापिताको भुमिकामा छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

छायांकनको अन्तिम चरणमा रहेको सिनेमा ‘नाई नभन्नु ल ५’ मा प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, अनुभव रेग्मी, अभिषेक नेपाल लगायतका कलाकारले अभिनय गरिरहेका छन् । सिनेमालाई पुरुषोत्तम प्रधानले खिचिईरहेका छन् । ‘नाई नभन्नु ल ५’ मा बसन्त सापकोटाको संगीत रहेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com