दैवी शक्ति चढेको भन्दै कर्णाली नदीमा हाम फालेका दुईमध्ये एक जनाको मृत्यु, एक बेपत्ता
प्रकाशित मिति : बैशाख १६, २०७५ आईतबार
वैशाख १६, बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिका–१ मा धामीको शक्ति देखाउने भन्दै कर्णाली नदीमा हाफ फालेका छन् ।
कर्णाली नदीमा हाफ फालेका दुईमध्ये एक जनाको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता छन् । नदीमा हाम फाल्दा ६१ वर्षीय मानबहादुर सिंह विष्टको मृत्यु भएको छ भने अर्का ५३ वर्षीय जयबहादुर विष्ट बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ ।
बगरमा बसेर आफूहरुलाई दैवी शक्ति चढेको भन्दै काम्दै काम्दै दुवै जना नदीमा हाफ फालेको स्थानीयले बताएका छन्।






