परमाणु परीक्षण केन्द्र बन्द गर्ने किम जोङ उनको घोषणा


प्रकाशित मिति : बैशाख १६, २०७५ आईतबार

उत्तर कोरियाले परमाणु परीक्षण केन्द्र बन्द गर्ने निर्णय गरेको छ। दक्षिण कोरियाको राष्ट्रपति कार्यालयका अनुसार उत्तर कोरियाले मे महिनादेखि परमाणु परीक्षण केन्द्र बन्द गर्ने निर्णय गरेको हो।

परीक्षण केन्द्र सार्वजनिक रुपमा बन्द गरिने र बन्द गर्ने क्रममा दक्षिण कोरिया र अमेरिकाबाट परमाणु विशेषज्ञलाई निमन्त्रणा गरिने दक्षिण कोरियाको राष्ट्रपति कार्यालयका प्रवक्तालाई उदृत गर्दै बीबीसीले लेखेको छ।

गत शुक्रबार मात्र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन कोरियन प्रयाद्वीपलाई परमाणु हतियार मुक्त बनाउन सहमत भएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त सहमति र भेटघाट एवं परीक्षण केन्द्र बन्द गर्ने निर्णय त्यस्तो बेला आएको हो जब दुई देश तथा अमेरिका यो क्षेत्रमा व्यापक युद्धको तयारीमा रहेका थिए।

राष्ट्रपति मुनका प्रवक्ताले भनेका छन्, ‘किमले छलफलका क्रममा भनेका थिए यो मे महिनामा परमाणु परीक्षण केन्द्र बन्द गर्छु।’ उत्तर कोरियाले सन् २००६ यता शक्तिशाली छ परमाणु परीक्षण गरिसकेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com