घर भाडा नतिरी ३ महिनासम्म बेपत्ता भएमा कारबाही


प्रकाशित मिति : बैशाख १६, २०७५ आईतबार

के तपाईंले घर भाडामा लिएर बस्नुभएको छ ? पैसा छैन भनेर भाडा तिर्न हेलचेक्रय्याईं गर्दै हुनुहुन्छ कि ?

३ महिनासम्म पनि भाडा नतिरी बेपत्ता हुनुभयो भो वडा कार्यालयले कारबाहीके प्रक्रिय अघि बढाउने छ ।

घरमा ताला लगाएर लज्जित बनाउन सक्छ, ख्याल गर्नुहोला ।

यो ऐन भदौ १ गतेबाट लागू हुनेछ । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा समाचार छापिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मुलुकी ऐन देवानी (संहिता) ऐन २०७४ को दफा ४ सय ४ मा घर लिने कुनै व्यक्ति बिनासूचना तीन महिना वा सो भन्दा बढी अवधिसम्म घरभाडा रकम नबुझाई बेपत्ता भएमा र निजलाई सार्वजनिक रुपमा सूचना गर्दा वा निजको ठेगानामा पत्राचार गर्दा पनि फेला नपरेमा वा फेला परे पनि निज वा निजको कुनै हकवाला वा प्रतिनिधि उपस्थित नभएमा घरधनीले स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा त्यस्तो बेहोराको निवेदन दिनुपर्नेछ ।

त्यसपछि १५ दिनको सूचना दिई वडा कार्यालयले बहालवालालाई उपस्थित हुन सार्वजनिक सूचना गर्नेछ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com