चिनियाँ मगन्तेबारे चिनको गम्भिर चासो


प्रकाशित मिति : बैशाख १६, २०७५ आईतबार

पर्यटक भिसामा नेपाल आउने तर फरक किसिमको गतिविधिमा संलग्न रहने चिनियाँ नागरिकमाथि चीनले गम्भीर चासो लिएको छ।

काठमाडौं उपत्यकाका व्यस्त चोक र सडकमा मगन्तेका रूपमा चिनियाँ भेटिन थालेपछि सो मुलुकले चासो लिएको हो। त्यस्ता गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिएर तत्काल कारबाही गर्न शुक्रबार चीनको विदेश मन्त्रालयले काठमाडौंस्थित चिनियाँ दूतावासलाई निर्देशन दिएको हो।

शुक्रबार नेपाल समाचारपत्रको प्रथम पृष्ठमा ‘काठमाडौंमा भेटिन थाले चिनियाँ मगन्ते’ शीर्षकको समाचार छापिएको थियो। त्यसपछि चिनियाँ विदेश मन्त्रालयले दूतावासलाई वास्तविकता बुझ्न र त्यस्तो किसिमको गतिविधिमा संलग्नलाई कारबाही गर्न निर्देशन दिएको दूतावासका एक उच्च अधिकारीले बताए।

‘मन्त्रालयले समाचारसँग जोडिएको वास्तविकता के हो भन्दै बुझ्न र विस्तृत रिपोर्ट बुझाउन भनेको छ।’ –ती अधिकारीले नेपाल समाचारपत्रसँग भने। पर्यटक भिसामा नेपाल प्रवेश गर्नेमध्येका केही चिनियाँ सुकिला पोसाक र कतैचाहिँ विपन्न परिवारका झैं भएर चिनियाँ गीतसंगीत र आफ्नै मुलुकका वाद्यवादन बजाउँदै पैसा मागिरहेका भेटिन्छन्। याे खबर नेपाल समाचारपत्रमा छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com