अब विदेशी हस्तक्षेप बन्द हुन्छ – नारायणकाजी


प्रकाशित मिति : बैशाख १५, २०७५ शनिबार

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपालमा अब विदेशी हस्तक्षेप बन्द हुने बताउनुभएको छ ।

गृह जिल्ला गोरखामा पत्रकारहरुसँग कुरा गर्दै श्रेष्ठले एमालेसँगको पार्टी एकता हुने विषयमा अब कुनै शंका नरहेको बताउनुभयो । एकतामा ढिलाई भैरहनुको एउटा कारण विदेशी चलखेल पनि हो रु भन्ने प्रश्नमा श्रेष्ठले एकतामा कसैले कुनै चलखेल गर्न नसक्ने दावी गर्नुभयो ।

‘हामीले चलखेल भैसकेको भनेका छैनौं, चलखेल हुन सक्नेतर्फ सचेत हुनुपर्छ भनेका हौं’, उहाँले भन्नुभयो, ‘कसैले चलखेल गरेको भए त यसले ग¥यो है भनिहाल्थ्यौं नि ।’ नेपालको आन्तरिक मामिलामा कुनै पनि देशको कुनै पनि प्रकारको चलखेल स्विकार नगर्ने उहाँको दावी छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणले पार्टी एकतामा केही फरक पार्न सक्छ भन्ने प्रश्नमा श्रेष्ठले भन्नुभयो, ‘एकताका कुरालाई मोदी वा अरु कसैसँग जोड्नु जरुरी छैन, म फेरि जोड दिएर भन्न चाहन्छु, नेपालको आन्तरिक मामिलामा अरु कसैको हस्तक्षेप स्विकार गर्ने वा हस्तक्षेप आमन्त्रण गर्ने दिन गए ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फरक पृष्ठभूमिबाट आएका दुई ठूला पार्टीको एकिकरण सहज नभए पनि त्यसको आधार भने तय भैसकेको नेता श्रेष्ठको दावी छ । पार्टी एकता संयोजन समितिले सांगठनिक संचरना र राजनीतिक प्रतिवेदन तयार गरिसकेको श्रेष्ठले जानकारी गराउनुभयो । उहाँले एकताको अन्तिम टुंगो दुवै पार्टीका अध्यक्षले लगाउने बताउनुभयो ।

‘२० गते उहाँहरुले थप छलफल गर्नुहुन्छ’, श्रेष्ठले भन्नुभयो, ‘त्यसको एक दुई दिनमा पार्टी एकता संयोजन समितिको बैठक बस्छ र पार्टी एकताको मिति घोषणा गरिन्छ ।’ एकतापछिको पार्टीमा कुन नेताको के भूमिका हुने भन्ने विषयमा पनि छलफल हुने गरेको उहाँले स्विकार गर्नुभयो । तर कुन पदमा को बस्ने भन्ने विषयले नै एकता प्रक्रियामा अवरोध नगरेको उहाँको दावी छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com