नुवाकोटमा परेको असिनाले लाखौँको बाली नष्ट


प्रकाशित मिति : बैशाख १५, २०७५ शनिबार

वैशाख १५, नुवाकोट । हावाहुरीसँगै परेको असिनापानीले नुवाकोटमा लाखौंँको बाली नष्ट भएको छ।

शिवपुरी र पञ्चकन्या गाउँपालिकामा विभिन्न स्थानमा परेको असिनापानीले खाद्यान्न बाली तथा तरकारी नष्ट गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।

शिवपुरीका लिखु, तलाखु, सुनखानी, महाकाली र समुन्द्रादेवी तथा पञ्चकन्याको पञ्चकन्यामा परेको असिनापानीबाट मकै, गहुँ तथा धान बाली नष्ट भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण तरकारी जोन प्रमुख डा.कमलराज गैरेले जानकारी दिए। गैरेकाअनुसार तरकारी बालीमा घिरौँला, गोलभेडा, काँक्रो, करेलालगायत र फलफूलमा समेत क्षति पुगेको छ।

‘क्षतिको विवरण संकलन गर्न कर्मचारीहरु खटिएका छन्। वडा कार्यालय, गाउँपालिकाको कार्यालय नै क्षतिको विवरण संकलन गर्न लागेका छन्’, डा. गैरेले भने, ‘केही दिनमा क्षतिको विवरण आउनेछ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

खेतमा लगाइएको मकै भर्खर चमरा निस्कने बेला र गोलभेंडा, करेला, काँक्रोलगायत तरकारी भर्खर टिप्ने बेलामा परेको असिनाले किसान मारमा परेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com