पार्टी एकतामा शंका नगर्नुस् : मन्त्री पुन
प्रकाशित मिति : बैशाख १४, २०७५ शुक्रबार
वैशाख १४, नुवाकोट । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच हुने एकताको विषयमा शंका नगर्न आग्रह गरेका छन् ।
प्रेस सेन्टर नेपालले आज विदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “विश्वासको वातावरण बनाउँदै एकतासम्म पु¥याउने काम जिम्मेवारीपूर्वक भइरहेको छ, यसमा कसैले कुनै गर्नु हुदैन् ।”
मन्त्री पुनले “दुबै पार्टीबीच एकता हुन्छ, यस सम्बन्धी अन्तरिम मस्यौदा विधान र आन्तरिक राजनीतिक प्रतिवेदन पनि तयार भइसकेको छ, त्यसैले उपयुक्त समय मिलाएर एकता घोषणा हुनेछ,” भने । रासस






