बुटवलका उद्योगी व्‍यावसायीको माग, दोहोरो करको अन्त्य


प्रकाशित मिति : बैशाख १४, २०७५ शुक्रबार

वैशाख १४, भैरहवा । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले हरेक व्यवसायीले खुल्ला छलफलमा राखेका महत्त्वपूर्ण सुझाव टिपोट गरिरहदा वुटवलका उद्योगी व्‍यावसायीले दोहोरो करको अन्त्य हुनु पर्ने माग गरेका छन्।

अर्थमन्त्रालयले आर्थिक बर्ष २०७५र०७६ को राजश्व नीति तथा कार्यक्रम तर्जुमा गर्न शुक्रबार भैरहवामा आयोजित छलफल तथा सुझाव संकलन कार्यक्रममा माग गरेका हुन्।

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष गुणनिधि तिवारीले व्‍यावसायीले प्रदेश ५ मा करको दायरालाई एकद्वारा नीति बनाउनु आवश्‍यक रहेको बताए। उनले भने, ‘ सरकारले उद्योगको दर्ता र नविकरण एक द्वार नीति अवलम्बन गरोस।सरकार तीन तहमा बनेकाले ती सरकारहरुबीच समन्वयको भूमिका रहोस्।’

यस्तै उनीहले उत्पादनमुलक उद्योगलाई सहुलियतमा ऋण लगानीको नीति ल्याउन माग गरे। साथै करदातालाई पेन्सन सहितको सुविधा दिन माग पनि उनीहरुको भनाइ थियो। सरकारले चुरोट, मदिरा, सुर्ति, गुठ्खा बाहेक अन्यमा लगाइएको अन्त शुल्क खारेज गर्न माग गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै क्रसर व्‍यावसायलाई नवीकरण गरेर व्‍यवस्थित गर्नुपर्नेमा सरकारको ध्‍यानाकर्षण व्‍यावसायीहरुले गराएका थिए। उनीहरुले ढुङ्गा, गिट्टी, बालुवा प्राधिकरण गठन गर्न समेत अर्थमन्त्री समीक्षा माग गरे।

तीन बजेवाट सुरु भएको सुझाव संकलन कार्यक्रममा मन्त्री खतिवडाले ब्यक्त गरिएका सुझावलाई महत्वपूर्ण रुपमा लिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com