काठमाडौंमा असिना पानी परेपछि सर्वसाधारणलाई समस्या


प्रकाशित मिति : बैशाख १४, २०७५ शुक्रबार

वैशाख १४, काठमाडौं । पश्चिमी वायुका कारण काठमाडौंसहित देशका विभिन्न स्थानमा असिना पानी परिरहेको छ। एक्कासि पानी परेपछि सर्वसाधारणलाई समस्या भएको छ। न्यून चापीय क्षेत्र पश्चिमी र पूर्वी क्षेत्र नजिक भएका कारण पानी परेको मौसमविद् विभूति पोखरेलले बताइन्। उनले भनिन्, पश्चिमी वायु र उच्च वायुमण्डलबाट नै न्यून रेखाको सपोर्ट देखिएकाले काठमाडौंसहित देशका धेरै ठाउँमा पानी परेको छ। उनका अनुसार अहिले पश्चिमका धेरै स्थानमा पानी परिरहेको छ भने मध्य र पूर्वी क्षेत्रका केही स्थानमा पानी र असिना परेको छ। उनले भनिन्, प्रि मनसुन क्रियाशील भएकाले अझै केही दिन पानी पर्छ। साँझपख एक्कासि पानी पर्दा आफ्नो गन्तव्यमा हिँडेका सर्वसाधारणलाई समस्या परेको छ। शुक्रबार काठमाडौंमा वर्षा भएपछि जनजीवन प्रभावित बन्यो। वर्षाका कारण पैदल यात्रु र साइकल, मोटरसाइकलमा यात्रा गर्नेहरूलाई समस्या परेको छ। काठमाडौंका सडक जलमग्न भएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com