वैशाख २३ गते संघीय संसद् बैठक आह्वान


प्रकाशित मिति : बैशाख १४, २०७५ शुक्रबार

वैशाख १४, काठमाडौं । सरकारले आगामी वैशाख २३ गते संसद् बैठक आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा शुक्रबार बिहान बसेको मन्त्रीपरिषद् बैठकले आगामी बैशाख २३ गते आईतबार अपरान्ह ४ बजे संसद बैठक बोलाउन राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको हो । संघीय संसदको बैठक आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए। सरकारले भारत सरकारको सहयोगमा वीरगंजमा निर्माण भई सरकारलाई हस्तान्तरण गरिएको एकीकृत भन्सार जाँच चौकीको क्षेत्र निर्धाणसम्बन्धी सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि गरेको छ। मन्त्रीपरिषद् बैठकले आन्तरिक शान्ति तथा सुब्यवस्थासम्बन्धि विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति पनि दिएको छ। गृह मन्त्रालयले आन्तरिक शान्ति तथा सुव्यवस्था कायम गर्न बनाउन लागेको सो विधेयकलाई सैद्धान्तिक स्वीकृति पनि दिइएको सरकारका प्रवक्ता बास्कोटाले स्पष्ट पारे। बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको रिक्त रहेको सदस्य पदमा सहन्यायाधिवक्ता रमादेवी पराजुलीलाई नियुक्त पनि गरेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com