खटाएको ठाउँमा नजाने भए जागिर छोडे हुन्छ – पण्डित


प्रकाशित मिति : बैशाख १४, २०७५ शुक्रबार

संघीय मामिला तथा सामन्य प्रशाशन मन्त्री लालबाबु पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीहरुलाई जागिर छोड्न चेतावनी दिएका छन् ।

सरकारले खटाएको ठाउँमा जानै पर्ने भन्दै मन्त्री पण्डितले भने–‘राष्ट्रसेवक कर्मचारी भए सरकारले खटाएको ठाउँमा जानु पर्दछ होइन भने जागिर छाडेर निजी जीवन बिताए हुन्छ, कुुनैपनि कर्मचारी सरकारले खटाएको ठाउँमा जानै पर्छ ।’

राष्ट्रसेवक कर्मचारीले जागिर खाने बेलामा सरकारले तोकेको जुनसुकै ठाउँमा पनि जान्छु भनेर सपथ खाएको स्मरण गराउँदै मन्त्री पण्डितले खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिए । लुम्बिनी प्रेस क्लव भैरहवाले गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा आयोजनाको गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पण्डितले सरकारले कर्मचारी समायोजनको कामलाई प्रभावकारी ढङगले अगाडि बढाएको जानकारी समेत दिएका छन् । उनले कर्मचारी समायोजनका नाममा कर्मचारीले एक तह बढाउन माग गरेको उल्लेख गर्दै सरकारले अहिले कर्मचारीको तह बृद्धि गरेर समायोजन गर्न नसक्ने स्पष्ट पारे ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com