कर्मचारीको समायोजन तह वृद्धि गरेर गर्न सकिन्न : मन्त्री पण्डित


प्रकाशित मिति : बैशाख १४, २०७५ शुक्रबार

वैशाख १४, भैरहवा । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले तोकेको ठाँउमा राष्ट्रसेवक कर्मचारी कुनै हालतमा जानैपर्ने बताएका छन्। राष्ट्रसेवक कर्मचारीले जागिर खाने बेलामा सरकारले तोकेको जुनसुकै ठाँउमा पनि जान्छु भनेर सपथ खाएको स्मरण गराउँदै सरकारले खटाएको ठाँउमा नजाने कर्मचारीलाई कारबाही गरिने बताए।

लुम्बिनी प्रेस क्लब भैरहवाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले सरकारले कर्मचारी समायोजनको कामलाई प्रभावकारी ढंगले अगाडि बढाएको बताए।

उनले कर्मचारी समायोजनका नाममा कर्मचारीले एक तह बढाउन माग गरेको उल्लेख गर्दै सरकारले अहिले कर्मचारीको तह वृद्धि गरेर समायोजन गर्न नसक्ने स्पष्ट पारे।
राष्ट्रसेवक कर्मचारी भए सरकारले खटाएको ठाँउमा जानुर्छ उनले भने, होइन भने जागिर छाडेर निजी जीवन बिताए हुन्छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com